२४ बैशाख २०८१, सोमबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे शपथ ग्रहण - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशराजनीतिसफलताको कथास्थानीय तह

लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे शपथ ग्रहण

काठमाडौं । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले शपथ ग्रहण गरेका छन्।

बुटवलस्थित प्रदेश प्रमुख कार्यालयमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख अमिक शेरचनले नवनियुक्त सात मन्त्रीहरूलाई शपथ ग्रहण गराएका हुन्।

गत चैत २३ गते मुख्यमन्त्री नियुक्त भएका माओवादी केन्द्रका जोखबहादुर महराले बिहीबार सरकारलाई पूर्णता दिँदै सात जना मन्त्री नियुक्त गरेका थिए ।

नियुक्त भएका मन्त्रीहरूमा नेकपा एमालेबाट दिनेश पन्थी, अर्जुनकुमार केसी, भुमिश्वर ढकाल र रत्नबहादुर खत्री छन्।

त्यस्तै, नागरिक उन्मुक्ति पार्टीबाट धर्मबहादुर चौधरी, स्वतन्त्र सांसद खड्ग बस्नेत र नेकपा एकीकृत समाजवादीबाट भगवती अधिकारी छन्।

यसअघि माओवादी केन्द्रबाट कृष्णा केसीको नाम मन्त्रीको सूचीमा रहे पनि अन्तिम समयमा उनले अस्वीकार गरेकी थिइन्।

नवनियुक्त मन्त्रीहरूको विभागीय जिम्मेवारी भने तोकिएको छैन। सबैलाई बिना विभागीय मन्त्रीको रूपमा शपथ ग्रहण गराइएको छ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker