२४ बैशाख २०८१, सोमबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
सुदुरपश्चिममा नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले मुख्यमन्त्री पाउने
Banner NewsBanner news (with photo)ताजा समाचारदेशमुख्य समाचारराजनीतिसुदूरपश्चिम प्रदेशस्थानीय तह

सुदुरपश्चिममा नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले मुख्यमन्त्री पाउने

कैलाली । सुदुरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले मुख्यमन्त्री पाउने लभगग पक्का भएको छ ।

सुदूरपश्चिममा नाउपालाई मुख्यमन्त्री दिने विषयमा सत्तारुढ दलका शीर्ष नेताबीच भद्र सहमति भएको हो ।

नाउपाकी अध्यक्ष रन्जिता श्रेष्ठले सुदूरपश्चिममा मुख्यमन्त्रीसहित भौतिक योजना मन्त्रालय दिने विषयमा सहमति भएको बताइन् । उनका अनुसार नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सुदूरपश्चिमा नाउपालाई मुख्यमन्त्री दिन सहमत भएका छन् ।
सुदूरपश्चिममा नाउपा नयाँ सत्ता गठबन्धनको सरकार निर्माणमा निर्णायक भएकाले मुख्यमन्त्रीसहितका मन्त्रालय दिएर सरकार बनाउने विषयमा सहमति भएको अध्यक्ष श्रेष्ठको भनाइ छ । अध्यक्ष श्रेष्ठले पटक-पटकको छलफलपछि मुख्यमन्त्री र भौतिकमन्त्री दिने विषयमा शीर्ष नेताहरू सहमतिमा पुगेको बताइन् ।

सुदुरुरपश्चिम प्रदेशमा मुख्यमन्त्रीपाउनुपर्ने नाउपाले दावी गर्दै आएको थियो । आफूहरुले दाबी नछोडेपछि शीर्ष नेताहरूबीच भद्र सहमति भएको अध्यक्ष श्रेष्ठले बताइन् । यदि सहमति कार्यान्वन भएमा नाउपाका कैलाश चौधरी मुख्यमन्त्रीबन्ने छन् । कैलाश चौधरी नाउपा संसदीय दलको नेता हुन् ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker