२३ बैशाख २०८१, आईतवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
डोल्पाको डढेलो नियन्त्रणका क्रममा घाइते भएका तीन सैनिकको मृत्यु - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रमुख्य समाचारसुरक्षा/अपराधस्थानीय तहस्वास्थ्य

डोल्पाको डढेलो नियन्त्रणका क्रममा घाइते भएका तीन सैनिकको मृत्यु

डोल्पा । डोल्पाको सामुदायिक वनमा लागेको डढेलो नियन्त्रण गर्ने क्रममा घाइते भएकामध्ये तीन सैनिकको मृत्यु भएको छ।

गत चैत २५ गते ठूलीभेरी नगरपालिका मा रहेको तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा देवीदत्तगुल्मका चार सैनिक घाइते भएका थिए।

तत्कालै उनीहरूलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पतालडोल्पा पुर्‍याइएको थियो।त्यहाँ प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौं ल्याउने तयारी हुँदै गर्दा जुम्लाको तातोपानी गाउँपालिका का २४ वर्षीयहेमन्त रावतको मृत्यु भएको थियो।

अन्य तीन जनालाई भने थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पताल ल्याइएकोथियो। जसमध्ये जमदार केशरबहादुर जर्गा मगर सिपाही आशिष बुढाको भने मंगलबार निधन भएको नेपाली सेनाले जनाएको छ।

घाइते प्यूठ विजय कोइरालाको भने कीर्तिपुर अस्पतालमै उपचार भइरहेको छ।

नेपाली सेनाका अनुसार आगलागी नियन्त्रणका लागि ८०० स्थानमा १२ हजार ५०० सैनिक परिचालित छन्।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker