६ जेष्ठ २०८१, आईतवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
चाबहिल नापी अधिकृतविरुद्ध मुद्दा : एक करोड गैरकानुनी सम्पत्ति आर्जनको आरोप - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)अर्थव्यवस्थाताजा समाचारदेशमुख्य समाचारराजनीतिवाग्मती प्रदेशसुरक्षा/अपराधस्थानीय तह

चाबहिल नापी अधिकृतविरुद्ध मुद्दा : एक करोड गैरकानुनी सम्पत्ति आर्जनको आरोप

१४ साउन, काठमाडौं ।एक करोड गैरकानुनी सम्पत्ति आर्जनको आरोपमा चाबहिल का नापी अधिकृतविरुद्ध मुद्दा दायर भएको छ।

नापी कार्यालय, चाबहिल मा कार्यरत नापी अधिकृत राजु पुरीले भ्रष्टाचार गरी गैरकानुनी सम्पत्ति आर्जनविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेकाे हो।

पुरी ०५२ सालमा सार्वजनिक सेवा प्रवेश गरेका थिए। उनले ०७९ असार मसान्तसम्म एक करोड चार लाख तीन हजार नौ सय ४१ रुपैयाँबराबरको सम्पत्तिको वैधानिक स्रोत नखुलेपछि पदीय हैसियतको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेकाले उनीविरुद्ध मुद्दा दायर गरेको आयोगले जनाएको छ।

अख्तियारले पुरीले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति र त्यसबाट बढे बढाएको सम्पत्ति श्रीमती सिर्जना गिरीको नाममा राखेको देखिएको भन्दै उनको नाममा रहेको सम्पत्ति पनि जफत गर्न माग गरेको छ ।

 

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker