१२ श्रावण २०८१, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
मधेश प्रदेशका दुईजना मन्त्रीले राजीनामा दिए – Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारबिचित्रमधेस प्रदेशराजनीतिस्थानीय तह

मधेश प्रदेशका दुईजना मन्त्रीले राजीनामा दिए

श्रावण १५ । मधेश प्रदेश सरकारमा जनमत पार्टीबाट मन्त्री बनेका दुइजनाले राजीनामा दिएका छन् ।

मुख्यमन्त्री सरोजकुमार यादवले उनीहरूको जिम्मेवारी खोसेका थिए । कुशवाहाले सम्हालेको भूमि व्यवस्था, कृषि तथा सहाकारी मन्त्रालयको जिम्मेवारी खोसेर सो पदमा नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा सदस्य गोविन्द न्यौपानेलाई नियुक्त गरिएको थियो । त्यसपछि कुशवाहा र उक्त मन्त्रालयका राज्यमन्त्री यादव विना विभागीय बनेका थिए ।

दुवैलाई हटाएर अब विस्तार गरिने मन्त्रिपरिषद्मा प्रदेशसभामा पार्टीका प्रमुख सचेतक चन्दन सिंहलाई मन्त्री र मञ्जु खंगलाई राज्यमन्त्रीका रूपमा पठाउने जनमतको तयारी छ । आज मधेस मन्त्रिपरिषद् विस्तार गरिने तयारी छ ।

अहिले गृह, सञ्चार तथा कानुन मन्त्रालय र श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री यादवले नै सम्हालेका छन् । नेपाली कांग्रेसले गृह तथा सञ्चार र जनमतले श्रम तथा यातायात मन्त्रालय पाउने सम्भावना छ ।

मधेश प्रदेशका मुख्य मन्त्री सरोज यादवले आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्नुभएको पनि ती नेताले बताए ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button