५ जेष्ठ २०८१, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
युएई स्तब्ध : नेपाल एसिया कपको लागि छनौट - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)खेलकुदताजा समाचारदेशफिचरमनोरञ्जनमुख्य समाचारसफलताको कथा

युएई स्तब्ध : नेपाल एसिया कपको लागि छनौट

१९ चैत, काठमाडौं । काठमाडौंमा जारी एसीसी प्रिमियर कपको उपाधि नेपालले हात पारेको छ ।

युएईलाई ७ विकेटले स्तब्ध पार्दै नेपालले उपाधि हात पारेको हो ।  ्

उपाधिसंगै नेपाल एसिया कपका लागि छनौट भएको छ ।

जितका लागि पाएको ११८ रनको लक्ष्य नेपालले ३० दशमलब ३ ओभरमा ३ विकेटको क्षतीमा पुरा गर्यो ।

जसमा गुल्शन झा र भीम सार्कीले उत्कृष्ट ब्याटिंग गरे । गुल्शन ६७ र भीम ३६ रनमा अविजित रहे ।

२२ रन जोड्दा ३ विकेट  गुमाएर संकटमा परेको नेपाली टोलीलाई भीम र गुल्शनले सम्हाले ।

यी दुबै ब्याटरबीच ९६ रनको साझेदारी भयो ।

नेपालले अब एसिया कपमा भारत, पाकिस्तानलगायतका देशसंग खेल्नेछ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker