११ चैत्र २०८१, मंगलवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
पीएनजीविरुद्ध नेपालको शानदार जित, सन्दीपले लिए चार विकेट - Nepal Rastra Khabar
Banner news (with photo)खेलकुदताजा समाचारदेशमुख्य समाचार

पीएनजीविरुद्ध नेपालको शानदार जित, सन्दीपले लिए चार विकेट

: सन्दीप लामिछानेको चार विकेटप्रेरित नेपालले आईसीसी विश्वकप क्रिकेट लिग अन्तर्गत पपुवा न्युगिनी (पीएनजी)विरुद्धकोखेलमा ५२ रनको जित निकालेको छ। 

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले ४९. ओभरमा सबै विकेट गुमाएर दुई सय ९७ रनको योगफल तयार गरेकोथियो। दोस्रो इनिङमा दुई सय ९८ रनको लक्ष्य पछ्याएको पीएनजीले ४७.ओभरमा अल आउट हुनुअघि दुई सय ४५ रन मात्रै बनाउनसफल भयो।

नेपालका लागि सन्दीपले १० ओभरमा ३७ रन खर्चेर एक मेडनसहित सर्वाधिक चार विकेट लिए। यस्तै, दीपेन्द्रसिंह ऐरीले दुई कुशलमल्लले एक विकेट लिएका छन्। नेपालले एक विकेट रन आउटमा लिएको थियो।

पीएनजीका टोनी उरा ४४ बलमा चौकासहित ५० रनको अर्धशतकीय इनिङ खेलेर सन्दीपको बलमा आरिफको हातबाट क्याच भए।यस्तै, किप्लिन डोरिगा २६ तथा सेसे बाउ तीन रनमा पेभेलियन फर्के। कप्तान आसाद भाला ४२ रन जोडेर आउट भए। नोमन भानुवा ५५बलमा ६० रनको अर्धशतकीय इनिङ खेले। अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

आशिफ शेखको शतकीय इनिङप्रेरित नेपालले ४९. ओभरमा सबै विकेट गुमाएर दुई सय ९७ रनको योगफल तयार गरेको थियो।नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा बनाएको हालसम्मकै उच्च योगफल हो। नेपालका लागि ओपनर आसिफ शेखले एक सय १०बलमा १२ चोका दुई छक्कासहित एक सय १० रनको शानदार इनिङ खेले। शतकसँगै एकदिवसीयमा एक हजार रन पूरा गरेका छन्।ओपनर आसिफ आजको खेलमाप्लेयर अफ म्याचभएका छन्।

यस्तै, अर्का ओपनर कुशल भुर्तेल ५६ बलमा चौहासहित ४५ रन जोडेर आउट हुँदा कप्तान रोहित पौडेलले ३० रन जोडे। भीम सार्की ३८बलमा चार चौकासहित ४४ रन बनाएर आउट हुँदा सोमपाल कामी चार रनमा अविजित रहे।

पीएनजीका लागि सेमो कामेयाले . ओभरमा ३८ रन खर्चैर सर्वाधिक पाँच विकेट लिए। यस्तै, रिले हेकुरेले तीन तथा अलेई नाओलेएक विकेट लिएका थिए। नेपालले बाँकी तीनै खेलमा जित निकाले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छ। यस्तै, दुई खेल मात्रैजिते पनि एकदिवसीय मान्यता जोगाउन पर्याप्त हुनेछ।

Related Articles

Check Also
Close
Back to top button