१२ श्रावण २०८१, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
आईसीसी विश्वकप लिग टू: नेपाल र युएईबीचको एक दिवसीय क्रिकेट आज – Nepal Rastra Khabar
Banner news (with photo)खेलकुदताजा समाचारदेशमनोरञ्जनमुख्य समाचारवाग्मती प्रदेश

आईसीसी विश्वकप लिग टू: नेपाल र युएईबीचको एक दिवसीय क्रिकेट आज

चैत्र ०२, चितवन। आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम शृंखलामा नेपालले आज युएईविरुद्धको एक दिवसीय क्रिकेट खेल्दै छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपाल र युएईबीच साढे ९ बजेदेखि खेल सुरुहुने छ ।

नेपाल, युएई र पुवा न्युगिनी पीएनजीसम्मिलत त्रिकोणात्मक एक दिवसीय सिरिजमा नेपालले अहिलेसम्म ३ खेलमा जित निकालेको छ भने समग्रमा पछिल्ला ११ खेलमा १० जित निकालेको छ ।
नेपाल आज पनि युएईविरुद्ध जित निकाल्दै सिरिज क्लिनस्वीप गर्ने लक्ष्यमा रहने छ ।

क्यानले टिकटबाट उठेको पैसा खेलाडी कोषमा जम्मा गर्ने क्यानले टिकटबाट उठेको पैसा खेलाडी कोषमा जम्मा गर्ने ।

आज युएईलाई पराजित गर्दै स्पष्ट २ अंक लिँदै आईसीसी विश्वकप लिग टूमा सहभागी सात टिम मध्य तेस्रो स्थानमा रहँदै जिम्बाबेमा विश्वकप छनोट खेल्न जाने छ ।

आज युएईसँग पराजित भएमा भने नेपाल नामेवियामा हुने प्ले अफ खेल्नु पर्ने छ । प्लेअफका शीर्ष २ टिमले जिम्बाबेमा विश्वकप छनोट खेल्ने छन् ।

सन्दीप कीर्तिमान नजिक 
आईसीसी विश्वकप लिग टू अन्तर्गत आजको खेलमा नेपालमा लेग स्पिनर सन्दीप लामिछाने नयाँ कीर्तिमान गर्ने लक्ष्यमा हुने छन् ।

उनी विश्व क्रिकेटको एक दिवसीय फरम्याटमा सर्वाधिक छिटो १०० विकेट पूरा गर्न नजिक पुगेका छन् ।

पछिल्लो खेलमा ५ विकेट लिएका सन्दीपले आज २ विकेट लिएमा यो रेकर्ड कायम गर्न सक्छन् ।

२ विकेट लिएमा अफगानिस्तानका राशिद खानलाई पछि पार्ने छन् ।

सन्दीपले ४० खेलमा ९८ विकेट लिएका छन् भने राशिदले ४४ खेलमा १०० विकेट पूरा गरेका थिए ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button