१० चैत्र २०८१, सोमबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
पाकिस्तानमा एक यात्रीबाहक सवारी साधन (बस)ले भ्यान(मालगाड़ी)लाई ठक्कर दिँदा १३ जनाको मृत्यु - Nepal Rastra Khabar
Banner news (with photo)Uncategorizedताजा समाचारमुख्य समाचार

पाकिस्तानमा एक यात्रीबाहक सवारी साधन (बस)ले भ्यान(मालगाड़ी)लाई ठक्कर दिँदा १३ जनाको मृत्यु

पूर्वी पाकिस्तानको राजमार्ग एउटा तीव्र गतिमा रहेको यात्रुवाहक गाडी (बस)ले एउटा भ्यान(मालगाडी)लाई ठोक्किँदा १३ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको प्रहरी प्रवक्ताले शनिबार भने।

जिल्ला प्रहरी प्रवक्ता मोहम्मद अवेसका अनुसार पञ्जाब प्रान्तको रहिम यार खान जिल्लामा राति दुर्घटना भएको हो। मृतक र घाइते सबैलाई अस्पताल लगिएको उनले बताए ।

अवेसले थप विवरणहरू प्रदान गरेनन भने अधिकारीहरूले अझै घटनाको कारणको अनुसन्धान गरिरहेको बताए ।

पाकिस्तानमा यातायात दुर्घटनाहरू सामान्यतया यातायात नियम उल्लङ्घनका कारण हुन्छन्, जसको परिणामस्वरूप प्रत्येक वर्ष हजारौंको मृत्यु वा घाइते हुन्छन्। गत महिना दक्षिणी जिल्ला लस्बेलामा एउटा यात्रीबाहक गाडी एउटा खम्बामा ठोक्किएर पुलबाट खसेर आगलागी हुँदा ४० यात्रुको मृत्यु भएको थियो भनि एबिसीन्यूजले समाचार लेखेको छ ।

Related Articles

Back to top button