१६ जेष्ठ २०८१, बुधबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
अभिनेता पल शाह रिहा - Nepal Rastra Khabar
Banner news (with photo)ताजा समाचारदेशमुख्य समाचारसुरक्षा/अपराधस्थानीय तह

अभिनेता पल शाह रिहा

फाल्गुन १७, चितवन। जबर्जस्ती करणी अभियोगमा एक वर्षदेखि कारागारमा थुनामा रहेका नायक पूर्णविक्रम (पल) शाह आज कारागारमुक्त भएका छन्
जबर्जस्ती करणी अभियोगमा गत वर्ष फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी परेपछि फागुन १५ गते आफैँ प्रहरीसमक्षउपस्थित भएका नायक शाह आज अदालतको फैसलाबमोजिम रिहा भएका हुन

नवलपुर अदालतले बाल यौन दुराचारको मुद्दामा साढे दुई वर्ष कैद रु १० लाख जरिवानाको फैसला सुनाएकामा उच्च अदालतकोआइतबारको फैसलाबमोजिम शाहले सफाइ पाएको उनका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले जानकारी दिएकाछन्

उच्च अदालतका न्यायाधीश डिल्लीराज आचार्य श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले नायक शाहलाई सफाइ दिएको हो नवलपुर अदालतको फैसलाविरुद्ध शाहले उच्च अदालत पोखरामा पुनरावेदन दिएका थिए उच्च अदालतको आइतबारको इजलासलेउक्त मुद्दामा अभियोग दाबी नपुग्ने ठहर गरेको उच्च अदालत पोखराका सूचना अधिकारी विष्णुप्रसाद आचार्यले जानकारी दिए

उच्च अदालत पोखराले सफाइ दिएपछि अभिनेता शाहलाई कारागारमुक्त गरिएको तनहुँ कारागारका निमित्त प्रमुख नारायण अधिकारीलेजानकारी दिए रिहा गर्नु अगाडि शाहको दमौली अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो शाह रिहा हुने खबर पाएलगत्तैकारागार अगाडि बिहानैदेखि शुभेच्छुकको भीड रहेको थियो नाबालिक जबर्जस्ती करणीको अभियोगमा कारागारमा थुनामा रहेकानायक शाहलाई तनहुँ अदालतले भने सफाइ दिइसकेको थियो नाबालिकमाथि जबर्जस्ती करणी गरेको भन्दै शाहविरुद्ध तनहुँ नवलपुर प्रहरीमा उजुरी परेको थियो शाहलाई गत वर्ष चैत १० गते तनहुँ अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker