१२ श्रावण २०८१, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
इसा अवार्ड ग्रहण गर्दै डा. रुइतले भने- यो समग्र नेपालीको गौरवको क्षण हो – Nepal Rastra Khabar
Banner news (with photo)ताजा समाचारमुख्य समाचारसफलताको कथास्वास्थ्य

इसा अवार्ड ग्रहण गर्दै डा. रुइतले भने- यो समग्र नेपालीको गौरवको क्षण हो

फागुन ९, चितवन। वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतले मंगलबार बहराइनमा इसा अवार्ड ग्रहण गरेका छन् ।

एक मिलियन डलर (करिब १३ करोड नेपाली रुपैयाँ) पुरस्कार रकम रहेको सो अवार्ड उनलाई बहराइनका राजा हमाद बिन इसा अल खालिफाले प्रदान गरेका थिए ।

अवार्ड कार्यक्रम बहराइनको मनामास्थित इसा कल्चरल सेन्टरमा आयोजना गरिएको थियो ।

अवार्ड ग्रहण गर्दै डा. रुइतले भने, “यो पुरस्कार मेरो लागि मात्र नभएर समग्र देशबासी तथा नेपालीहरुको लागि गर्वको क्षण हो । यो पुरस्कारले नेपाल तथा नेपालीको विश्वस्तरमा अझ इज्जत तथा सम्मान बढाएको महसुस गरेको छु ।”

बहराइन सरकारले प्रदान गर्ने सो अवार्ड मानवताको सेवाको लागि डा. रुइतको योगदानलाई कदर  प्रदान गरिएको हो ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button