२३ माघ २०८१, बुधबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
न्यायाधीश ढकालको इजलासमा रवि लामिछानेको बयान सुरू
Banner NewsBanner news (with photo)चितवन विशेषताजा समाचारमुख्य समाचाररवि लामिछाने विशेषसुरक्षा/अपराध

न्यायाधीश ढकालको इजलासमा रवि लामिछानेको बयान सुरू

चितवन। रास्वपा सभापति रवि लामिछानेविरुद्धको सहकारी ठगी मुद्दामा जिल्ला अदालत चितवनमा बयान सुरू भएको छ ।

साहारा चितवन सहकारी ठगी प्रकरणका प्रतिवादी लामिछानेविरुद्धको मुद्दामा सुनवाइ न्यायाधीश दयाराम ढकालको इजलासमा भइरहेको हो ।

Nepal Himalayas Tours and Travel

जिल्ला सरकारी वकिलको कार्यालय चितवनले हिजो अदालतमा मुद्दा दायर गरेपछि लामिछाने आज बिहान साढे ९ बजे नै अदालतमा उपस्थित भएका थिए । तर, सर्वोच्च अदालतको सर्भर डाउन भएकोले ९ः ३० बजे नै अदालत पुगेपनि बयान प्रक्रिया पौने १२ बाट मात्र सुरू भएको हो ।

central college 2048x300

रविको बयान सकिएपछि थुनछेक बहस हुनेछ । त्यसपछि अदालतले साधारण तारेख वा धरौटीमा छाड्ने वा पुर्पक्षका लागि कारागार चलान गर्नेभन्ने एक आदेश दिनेछ ।

पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेसहित १५ जना र ६ वटा संस्थाविरुद्ध ठगी तथा संगठित अपराध अभियोगमा मुद्दा दर्ता भएको छ ।

 

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Back to top button