२३ माघ २०८१, बुधबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
बारम्बार विश्वासको मत लिनुपर्ने अवस्थाबाट मुक्त भइएको छः प्रधानमन्त्री
Banner NewsBanner news (with photo)ताजा समाचारदेशप्राविधिक समाचारबिचारमुख्य समाचारराजनीतिविचार दृष्टिकोणसफलताको कथा

बारम्बार विश्वासको मत लिनुपर्ने अवस्थाबाट मुक्त भइएको छः प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्समक्ष बारम्बार विश्वासको मत लिनुपर्ने अवस्थाबाट संसद् मुक्त भएको बताएका छन् ।

आज प्रतिनिधिसभाको पाँचौँ अधिवेशन प्रारम्भका अवसरमा बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘गएको छ महिनामा हाम्रो संसदीय राजनीतिमा दोहोर्‍याउनु नपरेको एउटा सुखद पक्ष म यहाँ उल्लेख गर्न चाहन्छु, सत्ताको नाउँमा प्वाल पारेर फुत्त अर्कै डुङ्गा चलाउने र मुलुक एवं जनतालाई तिरस्कार गर्दै सत्ता–पत्ता खेलिरहने विद्रुप स्थितिमा अब रोक लागेको छ ।’

Nepal Himalayas Tours and Travel

प्रधानमन्त्री ओलीले जनताको भरोसा र संसद्को दृढताले भरिएको आत्मविश्वास लिएर आफूू सदनमा उपस्थित भएको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले सरकारले संविधान प्रारम्भ भएपछि अभ्यासमा देखा परेका सबल र दुर्बल पक्ष तथा अभ्यासका क्रममा देखा परेका जटिलताको समीक्षा गर्ने पनि बताए।

central college 2048x300

राजनैतिक स्थायित्वको लागि संविधानमा आवश्यक संशोधन र तदनुकुलको कानून निर्माण गर्ने विषयलाई प्राथमिकता दिने उनको भनाइ छ।

‘यसको लागि सरकारमा रहेका नेपाली काँग्रेस र नेकपा (एमाले) ले विज्ञ सम्मिलित आन्तरिक अध्ययन कार्यदल बनाएको छ। त्यससँगै सरकार पक्षीय दलहरूसँगको छलफल गरिनेछ। विभिन्न पक्षसँग सघन विमर्श गरी पहिले संविधान संशोधनका विषयको पहिचान गरिने छ र, पहिचान गरिएका विषयहरूमाथि संसदमा प्रतिनिधित्व गर्ने वा बाहिर रहेका दलहरू र सरोकारवालाहरूसँग छलफल गरिने छ,’ उनले भने।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Back to top button