२३ माघ २०८१, बुधबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
कृषि विश्वविद्यालयमा तीनजना डीन र एक निर्देशक नियुक्त
Banner NewsBanner news (with photo)कृषिचितवन विशेषताजा समाचारदेशप्राविधिक समाचारमुख्य समाचारसफलताको कथा

कृषि विश्वविद्यालयमा तीनजना डीन र एक निर्देशक नियुक्त

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय कार्यकारी परिषद्ले तीन जना डीन र एकजना निर्देशक नियुक्त गरेको छ ।

विश्वविद्यालयका उपकुलपति प्राडा शारदा थपलियाका अनुसार कृषि सङ्कायमा अर्जुनकुमार श्रेष्ठ, भेटेनेरी संकायमा प्राडा भूमिनन्द देवकोटा र वन संकायमा प्रा वासुदेव पोखरेल नियुक्त भएका हुन् । परिषद्ले प्राडा निराजन भट्टराईलाई अनुसन्धान निर्देशकको रुपमा नियुक्त गरेको छ । विश्वविद्यालयमा १० जना निर्देशकको दरबन्दी छ ।

Nepal Himalayas Tours and Travel

कृषि संकायका डीन श्रेष्ठ यसअघि सोही संकायका डीन थिए भने पशु संकायका डीन देवकोटा स्नातकोत्तर कार्यक्रम निर्देशक थिए । वन संकायका डीन पोखरेल यसअघि नै सहायक डीन भएर कार्य गरिसकेका व्यक्ति हुन् ।

अनुसन्धान तथा प्रसार निर्देशनालयका निर्देशक डा. भट्टराईले यसअघि निरन्तर शिक्षा केन्द्रका निर्देशक भएर काम गरिसकेका थिए ।

विश्वविद्यालय उपकुलपति प्रा.डा. शारदा थपलियाले राज्यका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने मुख्य कार्यभार विश्वविद्यालयसँग रहेको भन्दै त्यसबाट विचलित नभई काम गर्न डिन तथा निर्देशकलाई निर्देशन दिइन् । विश्वविद्यालयमा शैक्षिक वातावरण बनाउन सबैको सहयोग उत्तिकै आवश्यक रहेको पनि उनले बताइन् ।

central college 2048x300

यसैगरी रजिष्ट्रार प्रा.डा. पुष्कर पालले नियुक्त भएका डीन तथा निर्देशकहरुले विश्वविद्यालयको समग्र शैक्षिक गतिविधिमा आ–आफ्नो ठाउँबाट उत्कृष्ट कार्य गर्ने विश्वास व्यक्त गरे । विश्वविद्यालय एक पोखरी जस्तै भएको भन्दै उनले त्यसको डीलमा बसेर सधैं पोखरी फोहोर भयो भन्ने छुट कसैलाई पनि नभएको बताए ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Back to top button