५ बैशाख २०८२, शुक्रबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
अनलाइन जुवा खेल्ने-खेलाउने भारतीय, चिनियाँसहित ७ जना पक्राउ
Banner NewsBanner news (with photo)खेलकुदताजा समाचारदेशबिचित्रमुख्य समाचारसुरक्षा/अपराधसूचना / प्रबिधि

अनलाइन जुवा खेल्ने-खेलाउने भारतीय, चिनियाँसहित ७ जना पक्राउ

अनलाइन जुवा खुल्ने/खेलाउने कार्यमा संलग्न अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नेपाली, चिनियाँ र भारतीय समेत छन् ।

Nepal Himalayas Tours and Travel

चीनको तिब्बतस्थित आम्दो घर भई बौद्ध बस्ने २४ वर्षीय सोनाम तामाङ भन्ने सोनाम, भारत बिहार बेङलोरू घर भई बौद्ध टुसाल बस्ने जाम्पा खेदुप, ल्हासाका ३० वर्षीय नोर्बु साम्देन, तिब्बत सिगाचेका २७ वर्षीय दासाङ, सिचुवानका वई चुन्लिन, काठमाडौं सिमलटारका २८ वर्षीय तेन्जिङ नोर्बु शर्पा र सिन्धुपाल्चोक घर भई काठमाडौं तिनचुलीका ३५ वर्षीय लोप्साङ लामालाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

सोनामसमेतले सञ्चालन गरेको गेम जोन लेखिएको सटरमा फिस सुट गेममा रकमको हारजित हुने गरी उनीहरूले जुवा खेल्ने/ खेलाउने गरेका थिए ।

उनीहरूबाट फिस सुट गेम खेलाउने उपकरण १ थान, १२ लाख १ हजार नेपाली रूपैयाँ, चाइनिज युआन ३ हजार १ सय, अमेरिकन डलर २ हजार र विभिन्न कम्पनीको मोबाइल ७ थान बरामद गरिएको छ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Back to top button