४ आश्विन २०८१, शुक्रबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
निर्मला पन्त हत्या प्रकरणको सूक्ष्म ढङ्गले अनुसन्धान हुन्छ : गृहमन्त्री रमेश लेखक
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचारमुख्य समाचारराजनीतिविचार दृष्टिकोण

निर्मला पन्त हत्या प्रकरणको सूक्ष्म ढङ्गले अनुसन्धान हुन्छ : गृहमन्त्री रमेश लेखक

चितवन। गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको दोधारा चाँदनीलाई सबैभन्दा ठूलो नाकाका रुपमा विकास गर्ने सकारको लक्ष्य रहेको जानकारी दिएका छन् ।

‘कञ्चनपुरलाई त्रिदेशीय नाका बनाउने कुरा अघि बढिसकेको छ’, उनले भने, ‘निकट भविष्यमा नै दार्चुलाको तिङ्करमा अध्यागमन कार्यालय स्थापना गर्ने निर्णय भएको छ यसले चीनसँग जोड्छ ।’

Nepal Himalayas Tours and Travel

प्रेस युनियन कञ्चनपुरद्वारा आज महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माण गर्न छिमेकी मुलुक भारत तयार रहेको बताए ।

‘दुई/तीन महिनाभित्रै सुक्खा बन्दरगाह निर्माणका लागि भारतले बोलपत्र आह्वान गर्छ’, गृहमन्त्री लेखकले भने, ‘चाँडै सुक्खा बन्दरगाहको काम अघि बढ्नेछ ।’ पत्रकार सम्मेलनमा उनले संसद्मा भएका दुई ठूला दलबीच सहमति भएर नयाँ राजनीतिक समीकरण बनेकोले जनाउँदै सहमति कार्यान्वयनमा शङ्का नगर्न आग्रह गरे ।

‘दुई दलबीच सातबुँदे सहमति भएर सरकार निर्माण भएको छ’, उनले भने, ‘यो गठबन्धन आगामी चुनावसम्मै जान्छ यसमा ढुक्क हुनुस् ।’

गृहमन्त्री लेखकले निर्मला पन्त हत्या प्रकरणको सूक्ष्मरूपमा अनुसन्धान हुने पनि पत्रकार सम्मेलनमा जानकारी दिए ।

‘यो प्रकरण मैले गम्भीरताका साथ लिएको छु । यो घटनाको सूक्ष्म ढङ्गले अनुसन्धान हुन्छ’, उनले भने ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको १० साउन २०७५ मा बलात्कारपछि हत्या भएको थियो । घटना भएको ६ वर्ष पुग्न लाग्दा पनि अपराधी पत्ता लाग्न सकेको छैन ।

गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको दोधारा चाँदनीलाई सबैभन्दा ठूलो नाकाका रुपमा विकास गर्ने सकारको लक्ष्य रहेको जानकारी दिएका छन् ।

‘कञ्चनपुरलाई त्रिदेशीय नाका बनाउने कुरा अघि बढिसकेको छ’, उनले भने, ‘निकट भविष्यमा नै दार्चुलाको तिङ्करमा अध्यागमन कार्यालय स्थापना गर्ने निर्णय भएको छ यसले चीनसँग जोड्छ ।’

प्रेस युनियन कञ्चनपुरद्वारा आज महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माण गर्न छिमेकी मुलुक भारत तयार रहेको बताए ।

‘दुई/तीन महिनाभित्रै सुक्खा बन्दरगाह निर्माणका लागि भारतले बोलपत्र आह्वान गर्छ’, गृहमन्त्री लेखकले भने, ‘चाँडै सुक्खा बन्दरगाहको काम अघि बढ्नेछ ।’ पत्रकार सम्मेलनमा उनले संसद्मा भएका दुई ठूला दलबीच सहमति भएर नयाँ राजनीतिक समीकरण बनेकोले जनाउँदै सहमति कार्यान्वयनमा शङ्का नगर्न आग्रह गरे ।

‘दुई दलबीच सातबुँदे सहमति भएर सरकार निर्माण भएको छ’, उनले भने, ‘यो गठबन्धन आगामी चुनावसम्मै जान्छ यसमा ढुक्क हुनुस् ।’

गृहमन्त्री लेखकले निर्मला पन्त हत्या प्रकरणको सूक्ष्मरूपमा अनुसन्धान हुने पनि पत्रकार सम्मेलनमा जानकारी दिए ।

‘यो प्रकरण मैले गम्भीरताका साथ लिएको छु । यो घटनाको सूक्ष्म ढङ्गले अनुसन्धान हुन्छ’, उनले भने ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको १० साउन २०७५ मा बलात्कारपछि हत्या भएको थियो । घटना भएको ६ वर्ष पुग्न लाग्दा पनि अपराधी पत्ता लाग्न सकेको छैन ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button