कञ्चनपुरबाट करिब ५९ लाख मुल्यको अवैध सामान बरामद
कञ्चनपुर । कञ्चनपुरमा सशस्त्र प्रहरीले ५९ लाख मूल्य बराबरको भन्सार छलीको अवैध सामान बरामद गरेको छ ।
कञ्चनपुरको भिमदत्त नगरपालिका–३ भाँसी आनन्द टोलस्थित सिद्धार्थ ईन्जिनियरिङ्ग अटो वर्कशप नजिकैबाट भाद्र १६ गते सशस्त्र प्रहरीले ५८ लाख ९३ हजार ४ सय रुपैयाँ बराबरको विभिन्न किसिमका सामान बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपाल ल्याई भण्डार गरी राखेको भन्ने विशेष सूचनाको आधारमा खटिएको नं. ३५ शैलेश्वरी गण कञ्चनपुरको सुरक्षा फौजले उक्त सामान बरामद गरेको हो । केन्द्रीय ईन्टेलीजेन्ट ब्यूरोबाट प्राप्त सूचनाको आधारमा सशस्त्र प्रहरीले सामान बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।
उनका अनुसार बरामद गरिएको सामानमा ठूलो मात्रमा मोबाईल डाटा केवल, चार्जर, एडप्टर, बुफर, ट्रयाक्टरका पाट्स, कपडा रहेका छन् ।
बरामद गरिएका सामान आवश्यक कारवाहीका लागि गड्डाचौकी भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।