७ फाल्गुन २०८१, बुधबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
सिमलताल दुर्घटना अध्ययन कार्यदलले गृहमन्त्रीलाई बुझायो प्रतिवेदन
Banner NewsBanner news (with photo)ताजा समाचारदेशप्रवासमुख्य समाचारसुरक्षा/अपराधसूचना / प्रबिधिस्थानीय तह

सिमलताल दुर्घटना अध्ययन कार्यदलले गृहमन्त्रीलाई बुझायो प्रतिवेदन

चितवन । चितवानको सिमलताल दुर्घटना सम्बन्धी अध्ययन कार्यदलले प्रतिवेदन बुझाएको छ । मंगलबार मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच कार्यदलले उक्त प्रतिवेदन गृहमन्त्री रमेश लेखकलाई बुझाएको हो ।

Nepal Himalayas Tours and Travel

सिमलताल दुर्घटना कार्यदलका संयोजक समेत रहेका गृहमन्त्रालयका सहसचिव छवि रिजालले मन्त्री लेखक समक्ष प्रतिवेदन पेस गरेका हुन् । आफू मन्त्री नियुक्त भएपछि लेखकले असार ३१ गते दुर्घटना अध्ययनका लागि कार्यदल गठन गर्ने निर्णय गरेका थिए । कार्यदलले साउन २ गतेदेखि आफ्नो काम थालेको थियो ।

सिमलताल दुर्घटना अध्ययन कार्यदल

दुर्घटनाको कारण, मृतक परिवार पाउनपर्ने क्षतिपूर्ति र आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन के गर्न सकिन्छ भन्ने विषय समेटेर कार्यदलले प्रतिवेदन तयार पारेको छ । गएको असार २८ गते वीरगन्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश ०३–२४९५ ख ००१ नम्बरको गणपति डिलक्सको बस पहिरोसँगै बगेर त्रिशूली नदीमा बेपत्ता भएका थिए ।

उक्त बसमा ६५ जना यात्रु सवार थिए र उक्त घटनामा तीन जना यात्रु हामफालेर बच्न सफल भएका थिए । बाँकी यात्रु बेपत्ता रहेकामा हालसम्म २४ जनाको मात्र शव फेला परेको छ भने बाकीको अहेला सम्म टुंगो लागेको छैन।

नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको विशेष टोलीले खोजी गर्दा समेत बस र यात्रु नभेटिएपछि भारतबाट गोताखोर मगाएर खोजतलास गरिएको थियो यद्यपी अहिलेसम्म बसको अवस्था अज्ञात छ ।

सिमलताल दुर्घटना अध्ययन गर्न सरकारले गत असार ३१ गते सहसचिव रिजालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल बनाएको थियो । कार्यदलले स्थलगत अवलोकन, घटनामा बाँचेकाहरूसँग प्रत्यक्ष कुराकानी, स्थानीयहरूसँग अन्तरक्रिया गरेर प्रतिवेदन तयार पारेको छ । यसअघि सडक डिभिजन भरतपुरले पनि आन्तरिक रूपमा अध्ययन प्रतिवेदन तयार पारेको थियो ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Back to top button