६ माघ २०८१, आईतवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
प्रतिनिधिसभा बैठकको समय आजै दिउँसो २ बजे बस्ने गरी सारियो - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रमुख्य समाचारराजनीतिवाग्मती प्रदेशविचार दृष्टिकोणसुरक्षा/अपराधस्थानीय तह

प्रतिनिधिसभा बैठकको समय आजै दिउँसो २ बजे बस्ने गरी सारियो

काठमाडौं । प्रतिनिधिसभा बैठकको समय सारिएको छ । आइतबार बिहान ११ बजेका निम्ति बोलाइएको बैठकको समय सारिएको हो ।

Nepal Himalayas Tours and Travel

बैठक आजै दिउँसो २ बजे बस्ने गरी निर्धारण गरिएको संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।

“आज मिति २०८१ साल जेठ ६ गते आइतबार बिहान ११ः०० बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक विशेष कारण उक्त समयमा बस्न नसक्ने भएकोले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (२) को प्रतिबन्धात्मक वाक्यांशबमोजिम सम्माननीय सभामुखले सभाको बैठक आजै दिनको २ः०० बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,” उनले जारी गरेको सूचनामा उल्लेख छ ।

दलहरूबीच संसद्का काम–कारबाही अघि बढाउने विषयमा सहमतिको प्रयास जारी रहेकाले बैठकको समय सारिएको हो ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Back to top button