१२ श्रावण २०८१, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
विमानस्थलमा भएको कुटपिट प्रकरण: डीएसपीसहित चार जनालाई कारबाहीका लागि सिफारस – Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रमुख्य समाचारवाग्मती प्रदेशसुरक्षा/अपराधस्थानीय तह

विमानस्थलमा भएको कुटपिट प्रकरण: डीएसपीसहित चार जनालाई कारबाहीका लागि सिफारस

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी र अध्यागमनका अधिकृतबीच भएको कुटपिट घटनामा डीएसपीसहित चार प्रहरीलाई कारबाहीका लागि सिफारस गरिएको छ।

उक्त घटनालाई लिएर गठित छानबिन समिति स्रोतका अनुसारका कारबाहीका लागि सिफारिस हुनेहरुमा डीएसपी रेवतीरमण पोखरेल, असई सञ्जय तामाङ, प्रहरी जवान रविरन्जन गुप्ता र अर्का प्रहरी जवान राजकुमार महतो छन्।

डीएसपीको कमाण्डमा खटिएका उनीहरुले आफ्नो जिम्मेवारी उचित ढंगले पूरा गर्न नसकेको भन्दै डीएसपी पोखरेललाई सचेत गराउन भन्दै छानबिन समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

आफू मातहतका कर्मचारीलाई आफ्नो जिम्मेवारीमा राम्रोसँग परिचालन गर्न नसकेको भन्दै पोखरेललाई सचेतका लागि सिफारिस गरिएको समिति स्रोतले बतायो । त्यसैगरी अध्यागमन अधिकृत छायालाल मोक्तानमाथि कुटपिटमा उत्रिएको भन्दै असई सञ्जय तामाङलाई भने निलम्बनका लागि सिफारिस गरिएको छ।

शरीर खानतलासी गर्न नदिएको अवस्थामा पक्राउ गरेर कानुन बमोजिम कारबाहीको प्रक्रिया अघि बढाउनुपर्नेमा कुटपिटमै उत्रिएको भन्दै असई तामाङलाई निलम्बनका लागि सिफारिस गरिएको बताईएको छ ।

प्रहरी जवान रविरन्जन गुप्ता र राजकुमार महतोको हकमा भने सामान्य विभाय कारबाही हुनसक्ने बताइएको छ। त्यसैगरी अध्यागमन अधिकृत छायालाल मोक्तानलाई समेत कारबाही गर्नका लागि सिफारिस गरिएको छ।

समितिले बुधबार मात्रै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई मन्त्रालयमा प्रतिवेदन बुझाएको थियो। गत शुक्रबार दिउँसो मध्याह्न प्रहरी र अध्यामन अधिकृतबीच कुटाकुट भएको थियो।

त्यसपछि माघ १२ गते गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले छानबिन समिति गठन गरेका थिए।

-नेपाल राष्ट्र खबर

 

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button