११ श्रावण २०८१, शुक्रबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
एमाले धादिङ जिल्ला अधिवेशनमा कुटाकुट, एक जनाको हात भाँचियो – Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रमुख्य समाचारराजनीतिसुरक्षा/अपराधस्थानीय तह

एमाले धादिङ जिल्ला अधिवेशनमा कुटाकुट, एक जनाको हात भाँचियो

काठमाडौ । नेकपा (एमाले) धादिङका अध्यक्ष भूमि त्रिपाठीले नवौं जिल्ला अधिवेशनको बन्द सत्र नरोकिएको जनाएका छन्। आइतबार उनले एक विज्ञप्ती जारी गर्दै बन्द सत्र जारी रहेको  बताएका छन्।

त्रिपाठीले जारी गरेको विज्ञफ्तीमा भनिएको छ। ‘नेकपमा एमाले धादिङको नवौ जिल्ला अधिवेशनको बन्द सत्र सञ्चालन भइरहेको अवस्थामा केही अनधिकृत उच्छृङ्खल व्यक्तिले अधिवेशनको थप कार्यक्रम स्थगित भएको भनेर सामाजिक सञ्जाल र मिडियामा फैलाएको भ्रमप्रति एमाले धादिङको गम्भीर ध्यानाकर्षण भएको छ।,’

एमाले धादिङको जिल्ला अधिवेशनमा शनिबार राति विवाद हुँदा कुटाकुट भएको थियो। प्रतिनिधि मनोनयमा विवाद हुँदा अधिवेशन कुटाकुटमा परिणत भएको र एक जनाको हात भाँच्चिएको बागमती प्रदेशका अध्यक्ष कैलाश ढुंगेलले विज्ञप्तिमार्फत् जानकारी दिएका थिए।

शनिबार साँझ भएको बन्द सत्रमा अध्यक्षताको विषयमा विवाद बढ्दै जाँदा झडप भएको थियो। अधिवेशन गत माघ १९ गते अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका थिए।

आगामी कार्यकालको लागि चयन हुने जिल्ला कमिटीमा जिल्ला नेता खेम लोहनी, प्रदेश अध्यक्ष कैलाश ढुंगेलसतिहको समूह डा. रामकुमार अधिकारीलाई अध्यक्ष बनाउन लागिपर्दा भूमि त्रिपाठी पुनः कार्यकाल दोहोर्‍याउने पक्षमा देखिन्छन्।

जिल्ला कार्यसमिति बाहेक ५ सय ७८ जना प्रतिनिधि अधिवेशनमा सहभागी छन्। जिल्ला इञ्चार्ज धर्मदत्त देवकोटाले  अध्यक्ष मण्डलको अध्यक्षता आफैले गर्न खोजेपछि विवाद सुरु भएको बताइएको छ।

उनले प्रदेश इञ्चार्ज गुरु बराल र प्रदेश अध्यक्ष कैलाश ढु‌गेल लगायतका नेताहरुलाई समेत अवज्ञा गर्दै जिल्ला अध्यक्ष भूमि त्रिपाठीको योजना अनुसार एकलौटी गर्न खोजेको अर्को पक्षको आरोप छ।

 

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button