Banner NewsBanner news (with photo)ताजा समाचारदेशस्वास्थ्य
उपराष्ट्रपतिलाई डेंगु संक्रमण, अस्पताल भर्ना
काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई डेंगु संक्रमण भएको छ।
केही दिन यता स्वास्थ्यमा अचानक समस्या आएपछि उपराष्ट्रपति यादवलाई बानेश्वरमा रहेको निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) मा भर्ना गरिएको छ ।
यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले उपराष्ट्रपति यादवलाई फोन गरी स्वास्थ्य लाभको कामना गरेका छन्।