१२ श्रावण २०८१, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
झापा रामपोखरी सामुदायिक वनस्थित कमलधाम सिमसार क्षेत्रमा हात्ती मृतावस्थामा फेला – Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)कोशी प्रदेश (प्रदेश-१)ताजा समाचारदेशबिचित्रमुख्य समाचारराजनीतिसुरक्षा/अपराधस्थानीय तह

झापा रामपोखरी सामुदायिक वनस्थित कमलधाम सिमसार क्षेत्रमा हात्ती मृतावस्थामा फेला

झापा । भद्रपुर नगरपालिका–२ स्थित रामपोखरी सामुदायिक वनस्थित कमलधाम सिमसार क्षेत्रमा आज बिहान वयस्क हात्ती मृतावस्थामा फेला परेको छ ।

डिभिजन वन कार्यालय झापाका सूचना अधिकारी अञ्जना गिरीले सिमसारको दलदलमा आधा डुबेको अवस्थामा मृत हात्ती फेला परेको बताउनुभयो ।

उहाँका अनुसार स्थानीयले हात्ती मृत फेला परेको खबर गरेसँगै वनको टोली घटनास्थलमा पुगेको छ । कोशी टप्पु वन्यजन्तु आरक्षण केन्द्रबाट हात्ती विज्ञ टोली आउँदै गरेको उहाँले बताउनुभयो । सो टोली आएपछि मात्र हात्ती मरेको हो या मारिएको भन्ने पत्ता लाग्ने उहाँको भनाइ छ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button