११ चैत्र २०८१, मंगलवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
सीता दाहालको राजकीय सम्मानका साथ गरियो अन्त्येष्टि
Banner NewsBanner news (with photo)ताजा समाचारदेशस्वास्थ्य

सीता दाहालको राजकीय सम्मानका साथ गरियो अन्त्येष्टि

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको राजकीय सम्मानका साथ बुधबार दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

मन्त्रिपरिषद्को बुधबारको बैठकले राजकीय सम्मानस्वरुप नेपाली सेनाको दुई सेनामुख, स्कर्टपति सहसेनानीको एक टुकडीद्वारा सलामी दिने व्यवस्था मिलाउने निर्णय गरेको थियो । उनको पार्थिक शरीरमा नेपालको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि दिइएको थियो ।

प्रधानमन्त्री प्रचण्डले सीताको पार्थिक शरीरमा दागबत्ती दिएका छन् । प्रधानमन्त्रीको साथमा उनका छोरीहरु रेणु र गङ्गा दाहालले सीताको पार्थिक शरीरमा दागबत्ती दिएका हुन् ।

दाहालको अन्त्येष्टिको समयमा राजकीय सम्मानस्वरुप नेपाली सेनाको दुई सेनामुख, स्कर्टपति सहसेनानीको एक टुकडीद्वारा सलामी दिइएको थियो ।

सीता को ६९ वर्षको उमेरमा बुधबार बिहान ८ बजेर ३३ मिनेटमा थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा निधन भएको थियो

बुधबार बिहान निधन भएकी सीता लाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाबाट शवयात्राका साथ पशुपति आर्यघाट पुर्‍याइएको थियो । पशुपति आर्यघाटमा पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, माधवकुमार नेपाललगायत शीर्ष नेताहरुको उपस्थिति थियो ।

त्यस्तै, आर्यघाटमा मन्त्रीगण, सरकारी अधिकारी, नेकपा(माओवादी केन्द्र)का नेता तथा कार्यकर्ता र शुभेच्छुकको बाँक्लो उपस्थिति थियो ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Check Also
Close
Back to top button