१२ श्रावण २०८१, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
वानएक्स–बेट प्रकरणमा पक्राउ परेका कलाकार धरौटीमा रिहा – Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशमुख्य समाचारराजनीतिसुरक्षा/अपराधसूचना / प्रबिधि

वानएक्स–बेट प्रकरणमा पक्राउ परेका कलाकार धरौटीमा रिहा

असार २७, काठमाडौं  वानएक्सबेटको प्रचारप्रसार गरेको आरोपमा पक्राउ परेका कलाकारहरू धरौटीमा छुटेका छन्।

काठमाडौं जिल्ला अदालतले जनही पाँच हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएपछि असार २७ गते उनीहरू रिहा भएको जिल्ला प्रहरीकार्यालय, काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए। एसपी रिजालका अनुसार दिनेश खड्का रु.१० लाख अनिताधिताल रु. लाख धरौटीमा रिहा भएका हुन्। 

बल्छी धुर्वे भनिने मरिचमान श्रेष्ठ, राजु मास्टर भनिने राजु पौडेल, म्याकुरी भनिने पवन खतिवडा, एलिस राई, जलन घर्तीमगर, गणेशदेवकोटा, ढेडु बूढो भनिने सरोज घिमिरे, भटभटे माइलाको नामले चिनिने बेगम नेपालीलाई प्रहरीले अनलाइन बेटिङ वानएक्सबेटकोप्रचार गरेको आरोपमा जेठ ३२ गते पक्राउ गरेको थियो।

उनीहरू विरुद्ध असार २५ मा प्रहरीले एक वर्षसम्म कैद १० हजार रुपैयाँसम्म जरिवानाको माग सहित जिल्ला अदालतमा मुद्दा दायरगरेको थियो। कलाकारहरूलाई सट्टेबाजीको विज्ञापन दिने दिनेश खड्का अनिता धिताललाई भने सात वर्षसम्म कैद सजाय मागगरिएको छ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button