१८ मंसिर २०८०, सोमबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
घोडेजात्रा पर्वको अवसरमा टुँडिखेलमा सेनाको विशेष प्रदर्शन - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)खेलकुदताजा समाचारदेशफिचरमुख्य समाचारवाग्मती प्रदेश

घोडेजात्रा पर्वको अवसरमा टुँडिखेलमा सेनाको विशेष प्रदर्शन

चैत ०७, काठमाडौं। आज घोडे जात्रा पर्व, काठमाडौं उपत्यकामा विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । घोडे जात्राको अवसरमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।

प्रत्येक वर्ष चैत्र कृष्ण औंसीका दिन मनाइने घोडे जात्रा पर्व आज विभिन्न कार्यक्रम आयोजना गरी मनाउन लागिएको हो । नेपाली सेनाले टुँडिखेलमा विभिन्न झाँकी प्रदर्शन गरेर घोडेजात्रा मनाउँदै छ ।

जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको रूखमा वास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेको थियो । पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे । राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय स्थानीयवासीमा रहिरह्यो ।

यसै मिथकका आधारमा प्रत्येक वर्ष चैत्र कृष्ण औंसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने चलन चलेको बताइन्छ । साथै शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ । यसो गरेपछि वर्षभर बालबालिकालाई गुरुमापाबाट खतरा नहुने विश्वास छ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker