३ माघ २०८१, बिहीबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
नेपालले यूएईलाई हराउँदै यू१९ क्रिकेट विश्वकपमा छनोट - Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)खेलकुदताजा समाचारदेशमुख्य समाचारसफलताको कथा

नेपालले यूएईलाई हराउँदै यू१९ क्रिकेट विश्वकपमा छनोट

नेपालले दिएको १९२ रनको सामान्य लक्ष्य पछ्याएको युएई ४८ ओभरमा १८४ रन बनाउँदा अलआउट भयो।

यूएईलाई हराउँदै नेपाल यू१९ क्रिकेट विश्वकपमा छनोट भएको छ।

घरेलु टोली युएईलाई ७ रनले पराजित गर्दै नेपाली यू१९ टोली आगामी वर्ष श्रीलंकामा हुने विश्वकपमा छनोट भएको हो।

यो जितसँगै नेपालले सन् २०१९ मा युएईसँगको हारको बदला लिएको छ।

सन् २०१९ मा भएको छनोट खेलमा नेपाल युएईसँग डकवर्थ लेविस मेथडको आधारमा १ रनले पराजित हुँदा विश्वकप खेल्नबाट चुकेको थियो।

नेपालले दिएको १९२ रनको सामान्य लक्ष्य पछ्याएको युएई ४८ ओभरमा १८४ रन बनाउँदा अलआउट भयो।
हारको नजिक पुगेको नेपालका लागि दीपेश कँडेलले ४७ औं ओभरमा तीन विकेट लिएपछि नेपालको जित पक्का भएको हो।

घातक बलिङ गरेका सुवासले आफ्नो स्पेलमा १ मेडन राख्दै ३१ रन दिएर ५ विकेट लिए। सुवास भण्डारीले १० ओभरमा ३९ रन खर्चेर २ विकेट लिए। हेमन्त धामीले ३४ बल खर्चेर २ विकेट झारे।

युएईका लागि पहिलो विकेटका लागि ओपनर अर्यान सक्सेना र अर्यान्शले ६७ रनको साझेदारी गरेका थिए। इथान डी सोल्झाले ५० रन बनाए। ओपनर अर्यान्श शर्मा ३२ रनमा पवेलियन फर्के।

त्यसअघि युएईको अजमानस्थित अर्डेन गार्डेन ओभल स्टेडियममा घरेलु टोली युएईले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाल ४८.५ ओभरमा १ सय ९१ रन बनाउँदा अल आउट भयो।

चौथो विकेटका लागि कप्तान देव खनाल र उत्तम रञ्जु थापा मगरले ८४ रनको साझेदार गर्दै नेपालको इनिङ्स उकासेका थिए।

देव ५१ रन बनाउँदा क्याच आउट भए। ८४ बलको सामना गरेका देवले ३ चौका र १ छक्का हाने।

उत्तमले ४८ बलमा ४ चौका र १ छक्का हान्दै ३६ रनमा पवेलियन फर्के। विशाल विक्रम केसीले ३८ रन थपे। विशालले ५० बलमा ५ चौका हाने।

मिलन बोहोरा १० रनमा रन आउट भए। हेमन्त धामी १३ रनमा क्याच आउट भए। दुवै ओपनरलाई सुरुवातमै गुमाएको नेपाली टोली दबाबमा आएको थियो।

नेपालले चौथो ओभरमा नै दुवै ओपनरलाई गुमाएको छ। दिपक बोहोरा शून्य र अर्जुन कुमाल ३ रनमा आउट भए। आकाश त्रिपाठी ९ रनमा बोल्ड आउट भए।

युएईका धुव परासरले ३ विकेट लिए। आयान अफ्जल खान र हरित हरिस सेट्टीले समान २ विकेट लिए। अर्सित सेट र अम्मर बदामीले एक एक विकेट आफ्नो नाममा गरे।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Back to top button