१२ श्रावण २०८१, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
झापाबाट हराएकी बालिका सातदोबाटोमा भेटिएपछि खुल्यो चिनियाँको यौन अपराध – Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)कोशी प्रदेश (प्रदेश-१)ताजा समाचारबिचित्रमुख्य समाचारवाग्मती प्रदेशसुरक्षा/अपराधस्थानीय तह

झापाबाट हराएकी बालिका सातदोबाटोमा भेटिएपछि खुल्यो चिनियाँको यौन अपराध

काठमाडौँ। माघ ११ गते बेलुकी जिल्ला प्रहरी कार्यालय झापामा एउटा फोन आयो। फोनमा मेचीनगरका एक व्यक्तिले आग्रह गरे, ‘छोरी हराई, खोजी गरिदिनु पर्यो।

झापाकी ती बालिका १३ वर्षकी थिइन्। घर छाड्नुअघि आमासँग झगडा परेको थियो। आमाले उनलाई गाली गरेकी थिइन्। त्यसपछि उनले साँझ घर छाडिन्। तर रातिसम्म पनि घर नफर्किएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए।

झापा प्रहरीले अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा सूचना गर्यो। सीआईबीले टेलिफोन मार्फत सहजै ट्रयाक गर्यो। उनी काठमाडौं आउँदै गरेको खुल्यो। काठमाडौंमा उनले सम्पर्क गरेका व्यक्ति पनि सीआईबीले पत्ता लगायो। ललितपुर महानगरपालिका २२ बुंगमतीस्थित कोका न्यु प्युरी एन्ड म्याट्रेस कम्पनीका सञ्चालक चिनियाँ नागरिक ४९ वर्षीय याङ लिमिङसँग उनको सम्पर्क देखिएको थियो।

सीआईबीले १३ गते ती किशोरीलाई ललितपुरको सातदोबाटोबाट उनैसँग फेला पार्यो। सोधपुछ गर्दा खुल्यो, चिनियाँ नागरिक याङ लिमिङले उनलाई यौन शोषण गर्ने उदेश्यले बोलाएका रहेछन्।

पहिल्यैदेखि टेलिफोन र फेसबुक म्यासेन्जरमा कुरा भए पनि उनी पहिलो पटक चिनियाँ नागरिकललाई भेट्न आएकी थिइन्। उनलाई चिनियाँले आर्थिक प्रलोभन देखाएर काठमाडौं बोलाएका थिए।

सँगै फेला पारेपछि प्रहरीले उनलाई पक्राउ गर्यो। किशोरी र उनीसँग थप सोधपुछ गर्यो। उनै किशोरीमार्फत अनुसन्धान गर्दा खुल्यो, ती चिनियाँ  नागरिकले अरुलाई पनि यौन शोषण गरेका रहेछन्। त्यसपछि प्रहरीले उनीहरुलाई पनि बोलाएर सोधपुछ गर्यो।

उनीहरु पोखराका १७ वर्षीया दुई किशोरी थिए। अघिल्लो दिन मात्रै उनीहरु पनि चिनियाँ नागरिकको निवासबाट सोह्रखुट्टेस्थित होटलमा फर्किएको प्रहरीले जानकारी दिएको छ।

पोखराबाट ५ जना किशोरीहरु काठमाडौं घुम्न आएका थिए। फागुन ११ गते काठमाडौं आइपुगेपछि उनीहरु काठमाडौंको सोह्रखुट्टेको होटल निर्वानामा बसे। उनीहरुले दुई वटा कोठा लिएका थिए।

पोखरा रामबजारकी १७ वर्षीया किशोरीका दिदीबहिनी आएका थिए। होटलको कोठामा दिदी र अर्की साथी एउटा कोठामा सुते। १७ वर्षीया किशोरी भने अरु दुई जना साथीहरुसँग अर्को कोठामा सुतिन्।

दिदी र अर्की साथी सुतेपछि ३ जना भने राति ललितपुरतिर लागे। उनीहरु त्यहाँबाट ट्याक्सीमा चढेर ललितपुर २२ सोह्रखुट्टेस्थित चिनियाँ नागरिक याङ लिमिङको निवासमा पुगे।

याङ ७ वर्षपहिले बिजनेस भिसामा नेपाल आएको देखिएको छ। थप विवरण अध्यागमन विभागसँग माग गरिएको ललितपुर प्रहरी परिसरका प्रवक्ता एसपी प्रविण पोखरेलले जानकारी दिए।

उनले त्यहाँ प्रिफ्याब कम्पनी खोलेका छन्। कम्पनीमा करिब ८० जना कर्मचारी छन्। कर्मचारीहरु सबै नेपाली नै हुन्। उनले ७ वर्षदेखि नेपालमा प्रिफ्याबका घर बनाउँदै आएका छन्। देशका धेरै ठाउँमा अहिले पनि उनको कम्पनीका कर्मचारी छन्।

प्रिफ्याबका घर बनाउनका लागि आफ्नो कम्पनीमा अत्याधिक माग आउने गरेको याङले बताएका छन्।

पोखराबाट ४ जना किशोरीहरु माइक्रोमा आएका थिए। एक जना विमानमार्फत काठमाडौं आएकी थिइन्। उनैले होटलको व्यवस्था गरेकी थिइन्।

तर अर्को कोठामा बसेका तीन जना भने राति नै चिनियाँ भए ठाउँमा पुगेका थिए। त्यही होटलमा बसेका दिदीहरुले भने थाहा पाएनन्। १७ वर्षीया किशोरी अरु दुई जना साथी लिएर चिनियाँ निवासमा पुगिन्।

ती किशोरीको चिनियाँसँग पहिल्यैदेखि चिनजान थियो। तीनचार वर्षदेखि फेसबुक र फोनमा कुरा गर्थिन्। यसअघि माघ १० गते पनि भेटेर फर्किएको खुलेको छ।

त्यसरात चिनियाँले अर्की किशोरीलाई आर्थिक प्रलोभनमा पारेर शारीरिक सम्बन्ध राखेको खुलेको छ। भोलिपल्ट उनले ६ हजार रुपैयाँ पनि दिएका थिए।

भोलिपल्ट बिहानसम्म उनीहरु त्यहीँ थिए। झापाबाट आएकी बालिका कलंकीमा बसबाट ओर्लिइन्। त्यसपछि उनले चिनियाँ नागरिकलाई फोन गरिन्। चिनियाँले दिएको लोकेसन उनले पत्ता लगाउन सकिनन्।

त्यसपछि चिनियाँ नागरिकले पोखराका ३ युवतीसँग कुरा गराए र उनीहरुले नै कलंकीमा ट्याक्सी व्यवस्था गरिदिन्छन्। फोनबाटै ट्याक्सी चालकलाई उनीहरुले लोकेसन बताउँछन्।

ट्याक्सी चालकले भनेको लोकेसनमा ल्याएर छाडिदिन्छन्। त्यहाँसम्म पोखराकी एउटी किशोरीलाई लिएर भैँसेपाटीसम्म चिनियाँ नागरिक ती झापाकी बालिकालाई लिन आउँछन्। ट्याक्सीभाडा पनि उनले नै तिर्छन्।

त्यसपछि झापाकी बालिकालाई ललितपुरको सोह्रखुट्टेस्थित आफ्नो निवासमा पु¥याउँछन्। झापाकी बालिका पुगेकै दिन पोखराका तीन जना किशोरीहरु भने होटलमा फर्किन्छन्।

उनीहरु फर्किएपछि बेलुका झापाकी १३ वर्षीया बालिकासँग चिनियाँ नागरिकले यौन सम्पर्कको प्रयास गर्छन्। तर ती बालिका मान्दिनन्। उनी कराउन थालेपछि चिनियाँ नागरिक ती बालिकालाई आफन्तको जिम्मामा लगाउन कोसिस गर्छन्।

उनले नै सोह्रखुट्टेस्थित पोखराका युवतीहरु भएको स्थानमा पुर्याउँछन्। यत्तिकैमा उनलाई प्रहरीले पनि सम्पर्क गर्छ। प्रहरीले खोजिरहेको थाहा पाएपछि उनी फेरि ती बालिकालाई लिएर सातदोबाटोमा पुग्छन्। त्यति नै बेला प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र ललितपुर प्रहरी परिसरको टोलीले पक्राउ गर्छ।

त्यसपछि प्रहरीले उनलाई जिल्ला प्रहरी परिसर काठमाडौं ल्याएर अनुसन्धान सुरु गर्छ। झापाकी बालिका कसरी चिनियाँ नागरिक भएसम्म पुगिन् भन्ने अनुसन्धान गर्दै जाँदा पोखराका किशोरीहरु जोडिन्छन्।

अनि खुल्छ, चिनियाँ नागरिकले यसअघि उनीहरुलाई पनि जबरजस्ती करणी गरेको। पोखराकी १७ वर्षीया किशोरी यसअघि माघ १० गते आएको र उनलाई आर्थिक प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको खुलेको छ। त्यतिबेला उनले ती किशोरीलाई ८ हजार रुपैयाँ र खर्च दिएको ललितपुर प्रहरीका अनुसन्धान अधिकृत बताउँछन्।

उनलाई जबरजस्ती करणी सम्बन्धी कसुरमा कारबाहीका लागि प्रहरीले म्याद थप गरेर अनुसन्धान गरिरहेको छ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button