१२ श्रावण २०८२, आईतवार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
कैलाली कारागारमा बेहोस भेटिएका युवकको मृत्यु, दुई दिनदेखि उठेन शव
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रमुख्य समाचारसुरक्षा/अपराधहत्या प्रकरण

कैलाली कारागारमा बेहोस भेटिएका युवकको मृत्यु, दुई दिनदेखि उठेन शव

चितवन । बैंकिङ कसुरमा पक्राउ परेका डडेल्धुरा भागेश्वर–५ का २८ वर्षीय व्यवसायी हरिश सिंह पालीको कैलाली कारागारमा शंकास्पद मृत्यु भएको छ।

कैलाली कारागारमा बेहोस अवस्थामा भेटिएका युवकको मृत्यु भएको छ । सोमबार राति साढे १० बजे जिल्ला कारागारमा अचेत अवस्थामा भेटिएका डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरीश पालीको मृत्यु भएको हो ।

Nepal Himalayas Tours and Travel

बैंकिङ कसुरका आरोपी पाली अचेत अवस्थामा भेटिएपछि राति नै सेती प्रादेशिक अस्पताल लगिएको थियो । तर, उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी बाल नरसिंह राणाले जानकारी दिए । तर उनको शव दुई दिनदेखि उठेको छैन ।

पालीको मृत्युका कारण खुल्न सकेको छैन । तर, मुख, खुट्टा र शरीरका अन्य भागमा समेत चोटपटक समेत देखिएपछि उनका आफन्तले कारागारभित्र कुटपिट गरेर हत्या गरेको आरोप लगाउँदै शव बुझ्न मानेका छैनन् ।

पालीलाई बैंकिङ कसुर मुद्दामा जिल्ला अदालतले २०८० सालमा १० दिन कैद र दुई लाख रूपैयाँ जरिवाना गरेको थियो ।

central college 2048x300
त्यही बेलादेखि फरार रहेका उनलाई कैलाली प्रहरीले असार १ गते मात्र पक्राउ गरेर कारागार चलान गरेको थियो । उनको मृत्युबारे थप अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Back to top button