१७ जेष्ठ २०८२, शुक्रबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
एनपीएल आजदेखि, उद्घाटन खेलमा जनकपुर र विराटनगर भिड्दै
Banner NewsBanner news (with photo)खेलकुदताजा समाचारदेशमनोरञ्जनमुख्य समाचारसफलताको कथा

एनपीएल आजदेखि, उद्घाटन खेलमा जनकपुर र विराटनगर भिड्दै

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुने नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण आज (शनिबार)देखि सुरु हुँदै छ ।

प्रतियोगिताको उद्घाटन खेलमा आज विराटनगर किंग्स् र जनकपुर रोयल्सबीच प्रतिस्पर्धा हुँदै छ ।

Nepal Himalayas Tours and Travel

प्रतियोगिताको अघिल्लो दिन (शुक्रबार) आयोजित पत्रकार सम्मेलनमा विराटनगर किंग्स्का कप्तान सन्दीप लामिछानेले मैदान बाहिर आफू र जनकपुर रोयल्सका कप्तान अनिल साह साथी भए पनि मैदानभित्र प्रतिस्पर्धी रहेको बताए ।

working visa japan sushi bombar

“मैदानभित्र प्रतिस्पर्धा भइ नै हाल्छ । मैदानबाहिर हामी मिल्ने साथी हौँ । मैदानमा उत्रिएपछि सबैको लक्ष्य जित नै हुन्छ । हामी पनि त्यसैका लागि खेल्ने छौँ”, विराटनगरका कप्तान सन्दीपले भने ।

यता, उद्घाटन खेलमा कस्तो रणनीति हुनेछ ? भन्ने प्रश्नमा जनकपुरका कप्तान अनिलले भने मैदानभित्र प्रदर्शन देखाउने बताए । “अहिले भन्नलाई केही पनि छैन । खेलमा सबै देख्नुहुन्छ नै”, अनिलले भने ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल मध्याह्न १२ः१५ बजेदेखि सुरु हुनेछ ।

आगामी पुस ६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कुल आठ टिमले प्रतिस्पर्धा गर्दै छन् । प्रतियोगिताको पहिलो संस्करणमा विराटनगर किंग्स्, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाडौं गुर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्यले प्रतिस्पर्धा गर्दै छन् ।

सिंगल राउन्ड रोबिन लिग पद्दतिमा हुने प्रतियोगितामा कुल ३२ खेल हुनेछन् । जसमा लिग चरणमा २८, प्लेअफमा तीन र फाइनलको एक खेल समावेश छन् ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Back to top button