१९ मंसिर २०८१, बुधबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
‘हेलो गृह मन्त्रालय’ सञ्चालनमा : इमेल, फोन र हुलाकामार्फत गुनासो गर्न सकिने
Banner NewsBanner news (with photo)ताजा समाचारदेशप्राविधिक समाचारमुख्य समाचारसफलताको कथासूचना / प्रबिधि

‘हेलो गृह मन्त्रालय’ सञ्चालनमा : इमेल, फोन र हुलाकामार्फत गुनासो गर्न सकिने

चितवन। गृह मन्त्रालयले नागरिकका गुनासो सुनुवाइका लागि ‘हेलो गृह मन्त्रालय’ डेस्क स्थापना गरेको छ ।

शान्ति सुव्यवस्था र सुशासनका लागि नागरिक गुनासो सुनुवाइ गर्न डेस्क सञ्चालनमा ल्याइएको गृह मन्त्रालयले जनाइएको छ ।

Nepal Himalayas Tours and Travel

“गृह मन्त्रालय र मातहतका निकायवाट प्रवाह हुने सेवासँग सम्बन्धित गुनासोको सम्बोधनलाई थप प्रभावकारी बनाउन हेलो गृह मन्त्रालय गुनासो सुनुवाइ कक्ष स्थापना गरी सञ्चालन गरिएको छ,” गृहमन्त्रालयले भनेको छ ।

working visa japan sushi bombarमन्त्रालयले गृह मातहतका निकायबाट प्रवाह हुने सेवासँग सम्बन्धित गुनासोहरू सेवाग्राहीले सम्बन्धित निकायको हकमा सोही निकायको प्रमुख वा विभागीय प्रमुखसमक्ष र जिल्लास्तरमा प्रमुख जिल्ला अधिकारीसमक्ष गुनासो गर्न सकिने जनाएको छ ।

डेस्कले प्राप्त गुनासोलाई सम्बन्धित निकायको प्रमुख, विभागीय प्रमुख र प्रमुख जिल्ला अधिकारीमार्फत सुनुवाइ र फर्छ्योट गर्ने व्यवस्था मिलाइने मन्त्रालयले जनाएको छ । सम्बन्धित निकायबाट गुनासो सुनुवाइ हुन नसकेमा ‘हेलो गृह मन्त्रालय’ गुनासो सुनुवाइ कक्षमा आउने गुनासोको गृह मन्त्रालयले सुनुवाइ गर्ने बताइएको छ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button