१९ मंसिर २०८१, बुधबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
भरतपुर चितवनमा एनिमे सम्बन्धित कार्येक्रम आयोजना हुदै
Banner NewsBanner news (with photo)खेलकुदताजा समाचारदेशमनोरञ्जनमुख्य समाचारसफलताको कथासूचना / प्रबिधि

भरतपुर चितवनमा एनिमे सम्बन्धित कार्येक्रम आयोजना हुदै

चितवन । भरतपुर चितवनमा एनिमे सम्बन्धित कार्येक्रम आयोजना हुदै छ ।  यहि आउदै गरेको मंसिर १५  गते अर्थात् ३० नोभेम्बर मा एनिमेकोन चितवनद्वारा उक्त कार्येक्रम आयोजना हुन लागेको हो ।

Nepal Himalayas Tours and Travel

भरतपुरस्थित “Serene Boutique Hotel  ” मा पप कल्चरको लोकप्रियता कायम राख्न तथा मनोरञ्जन प्रदान गर्ने उद्देश्यले एनिमेकोन चितवन आयोजना गरिएको कार्येक्रमका आयोजक पवन राना मगरजी ले जानकारी दिनुभयो।

एनिमेकोन चितवन द्वारा उक्त आयोजित कार्येक्रम तेस्रो संस्करण रहेको छ भने पहिलो संस्करण र दोस्रो संस्करण अगिल्लो वर्ष सभ्य र भब्य  रुपमा सफल भएको थियो।

working visa japan sushi bombarउक्त कार्येक्रमको मुख्य प्रायोजक “Sushi Bombar (Japanese Consultancy) रहेको छ भने, प्रोडकसन पार्टनर Fairytale Films, अनलाइन मिडिया पार्टनर नेपाल राष्ट्र खबर (nepalrastrakhabar.com), भेनेउ पार्टनर Serene Boutique Hotel, मोबाइल पार्टनर a2z Mobile House, हस्पिटालिटी पार्टनर Eco Adventure Resort, फूड पार्टनर Cafe Kholmay र Manakamana Hotel, टिकेट पार्टनर Sea Star Educational Consultancy, र सपोर्तिंङ पार्टनरमा भने Ronin Merch, Kyubi s Kitchen jhamsikhel, The Otaku Station, The Sara Mart(Korean Food & Cafe), Mahol Cafe & Restaurant, Parbatipur Fitness Hub, Goldstar Shoes Chitwan, Badge Nepal, Monkeys Inkstudios, Iocs Nepal Sunglasses, Aarambha College, Highlight Gym Rampur, Carry Four Shopping Store, Sathi Shoes House, U & I Restaurant रहेका छन्।

सहभागीहरू आफ्नो मनपर्ने एनिमे क्यारेक्टरको कपडा लगाएर उक्त कार्यक्रममा सहभागी हुन पाउने छन् ।

पछिल्लो समय नेपाली किशोरकिशोरी र युवायुवतीमाझ जापानी एनिमे, के–पप (दक्षिण कोरियाली पप संगीत) र एनिमे फिल्मको क्रेज बढ्दै गएको छ।

पप–संस्कृतिको लागि प्रसिद्ध मानिने जापानले करिब एक दशकमा भिडियो गेम, मान्गा र हातले कोरिएको चित्र वा कम्प्युटरद्वारा बनाइएको जापानी एनिमेसन (एनिमे)को विदेशी बजार चार गुणा बढाएर एक सय तीस अर्ब डलर पुर्याउने लक्ष्य राखेको कुरा आयोजक पवन राना मगर जी ले  जानकारी दिनुभयो।

 

 

 

 

 

 

 

 

 

 

नेपालमा समेत एनिमे र पप कल्चरको छुट्टै व्यवस्थित स्थान बनाउन उक्त कार्येक्रमले सहयोग पुर्याउन सक्ने विश्वास लिएका छौं र अगिल्लो वर्षको एनिमेकोन संस्करण जस्तै अहिले पनि १५०० भन्दा माथिको सहभागी हुनेछन र सफल रुपमा सम्पन्न हुनेछ,’ आयोजक मगर।

उक्त एनिमेकोन कार्येक्रम बिहान १० बजे बाट सुरु हुनेछ र बेलुका ७ बजे सम्म रहनेछ। अझ आकर्षित र भब्य बनाउन धरान जिल्लाको परिचित कोमिक/एनिमे ब्याण्ड Kaminari द्वारा जापानीज गीतहरु र एनिमे क्यारेक्टरहरु प्रस्तुत रहेने कुरा अर्का आयोजक प्रोमिस तामाङ जी  ले बताउनु भयो।

त्येस्तै ग्येस्ट उपस्थितिमा भने उदीयमान Social Media Influencer सबिन मगर जी को समेत उपस्थित रहने छ।

अझै आकर्षित कुरा त यो छ की उक्त कार्येक्रममा Cosplay Competition समेत हुनेछ जसमा विभिन्न एनिमेको क्यारेक्टर बनेर प्रतिस्पर्धामा  सहभागी हुन पाउने छन् र उत्कृष्ट ३ जना विजेतालाई ५०,००० नगद पुरस्कार समेत रहेको छ,” कार्येक्रम संयोजक पवन जी ले जानकारी दिनुभयो।

“सम्पूर्ण उपस्थित महानुभावहरुका लागि विभिन्न Japanese, Chinese, Nepali, Multicuisine Food Stall रहनेछ भने थुप्रै रमाइला गेमहरु  समेत रहेको छ, र टिकेट लिनुहुने सम्पूर्णबाट एकजनालाई a2z Mobile House को तर्फबाट एउटा ब्रान्ड न्यु स्मार्ट फोन समेत जित्न पाउने मौका रहेको छ,”मार्केटिंङ हेड सुवास गुरुङ र सबिन मगर जी ले बताउनु भयो।

टिकेट लगायत अन्य केहि थप जानकारी चाहिएमा एनिमेकोन चितवन (@animecon chitwan) को सोसियल मिडियामा सम्पर्क गर्न सक्नु हुनेछ।

हालका वर्षहरूमा, एनिमे र मान्गाजस्ता सामग्रीले विश्वको ठूलो जनसङ्ख्यामा युवा दर्शकहरूलाई आकर्षित गर्न अत्यन्त महत्त्वपूर्ण भूमिका खेलेको छ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button