१९ मंसिर २०८१, बुधबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
इजरायली प्रधानमन्त्री नेतन्याहुलाई पक्राउ पुर्जी जारी‚ अमेरिकाद्वारा आलोचना
Banner NewsBanner news (with photo)अन्तरास्ट्रियताजा समाचारप्राविधिक समाचारबिचित्रमुख्य समाचारराजनीतिसुरक्षा/अपराधसूचना / प्रबिधि

इजरायली प्रधानमन्त्री नेतन्याहुलाई पक्राउ पुर्जी जारी‚ अमेरिकाद्वारा आलोचना

द हेग :  अन्ताराष्ट्रिय फौजदारी अदालतले इजरायल र हमासका नेताहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।

अन्ताराष्ट्रिय अपराध अदालत (आईसीसी)का न्यायाधीशहरूले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र पूर्व रक्षामन्त्री योभ गालान्तका साथै हमासका सैन्य कमाण्डरका लागि पक्राउ पुर्जी गरेको हो।

Nepal Himalayas Tours and Travel

आईसीसीको अधिकार क्षेत्रमाथि इजरायलको चुनौतीलाई खारेज गर्दै नेतन्याहू र गालन्टलाई वारेन्ट जारी गरेको आईसीसीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

त्यसैगरी हमासका नेता मोहम्मद देइफका लागि पनि वारन्ट जारी गरिएको छ। देइफको इजरायली सेनाले जुलाईमा गाजामा गरेको हवाई आक्रमणमा मृत्यु भइसकेको छ।

योसँगै आईसीसीका १२४ सदस्य राष्ट्रहरूले यो निर्णयबारे आफ्नो सहमति/असहमति जाहेर गर्नेछन्।

हमासका नेता देइफको मृत्यु भइसकेको अन्ताराष्ट्रिय सञ्चारमाध्यमले जनाएका थिए। उनलाई दक्षिणी इजरायलमा आक्रमणको नेतृत्व गरेको र १ हजार २०० मानिसको हत्या गर्नुका साथै २५१ जनालाई बन्धक बनाएको आरोप थियो।

हमास नेताहरूलाई मानवताविरुद्धका अपराध र युद्ध अपराधहरूको आरोप छ भने इजरायलका नेताहरूलाई नागरिकहरूमाथि जानीबुझी आक्रमण गर्ने लगायतका आरोप लाग्ने गरेको छ।​

यसैबीच संयुक्त राज्य अमेरिकाले भने यसअघि नै यस्तो आदेशको विरोध गरिसकेको छ। गत जेठमा नै अमेरिकी सदनका अध्यक्ष माइक जोन्सनले आईसीसीलाई प्रतबन्ध लगाउने बताएका थिए।

अमेरिकाले भने आइसिसी कट्टरपन्थी आतङ्कवादी समूहविरुद्ध आफ्नो अस्तित्वको अधिकारको रक्षा गर्ने राष्ट्र इजरायललाई फसाउने अवैध अदालत भएको बताएको छ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button