आज प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्दै भारतीय सेना प्रमुख उपेन्द्र द्विवेदी
चितवन। पाँचदिने औपचारिक भ्रमणमा नेपाल आएका भारतीय सेनाप्रमुख उपेन्द्र द्विवेदीले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्दैछन ।
द्धिवेदीले आज दिउँसो साढे ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको हो ।
गएको बुधबार नेपाल भ्रमणमा आएका द्विवेदीलाई हिजो बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।
दर्ज्यानी चिन्ह प्रदान कार्यक्रमपश्चात् उनले राष्ट्रपतिसँग पनि शिष्टाचार भेटघाटसमेत गरेका छन् । द्विवेदीले आजै नेपाली सेनाको कमाण्ड तथा स्टाफ कलेज शिवपुरीका विद्यार्थीलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
भोलि (शनिबार) द्विवेदी पोखरामा भूतपूर्व सैनिकहरुको र्यालीमा सहभागी हुनेछन् । त्यहाँ उनले विभिन्न पुरस्कार प्राप्त गर्नेहरूलाई सम्मान गर्ने कार्यक्रम पनि छ । उनी आइतबार भारत फर्कने कार्यक्रम रहेको छ ।