१७ जेष्ठ २०८२, शुक्रबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
आज तीन प्रदेशमा पानी पर्ने, हिमाली क्षेत्रमा हिमपातको सम्भावना
Banner NewsBanner news (with photo)ताजा समाचारदेशमुख्य समाचारमौसम समाचार

आज तीन प्रदेशमा पानी पर्ने, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

चितवन । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका प्रभावले देशका पहाडी भूभागको मौसम आंशिक बदली छ भने बाँकी भूभागको मौसम मुख्यतया सफा छ ।

Nepal Himalayas Tours and Travel

तराईका थोरै स्थानमा अहिले हल्का हुस्सु र कुहिरो लागिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो पनि कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान छ ।

कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा दिउँसो हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति पनि कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान छ । कोसी र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा राति हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Back to top button