१९ मंसिर २०८१, बुधबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
चीन भ्रमण क्रममा पोखरा विमानस्थलको कुरा राख्ने प्रधानमन्त्रीको आश्वासन
Banner NewsBanner news (with photo)अन्तरास्ट्रियताजा समाचारदेशप्राविधिक समाचारबिचारमुख्य समाचारराजनीतिविचार दृष्टिकोणसूचना / प्रबिधि

चीन भ्रमण क्रममा पोखरा विमानस्थलको कुरा राख्ने प्रधानमन्त्रीको आश्वासन

चितवन। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमण क्रममा पोखरा विमानस्थल सञ्चालनको विषयलाई पनि एजेण्डा बनाउने बताएका छन् ।

मंगलबार गण्डकी प्रदेशका पर्यटनमन्त्री मित्रलाल बस्याल नेतृत्वको उद्योगी र पर्यटन व्यवसायीहरुसहित टोलीसँगको भेटमा प्रधानमन्त्री ओलीले चीन भ्रमणमा पोखरा विमानस्थलको कुरा राख्ने बताएका हुन् ।

Nepal Himalayas Tours and Travel

पोखराबाट उडान सुरु भएको २ वर्षसम्म पनि पोखरा विमानस्थल अन्तर्राष्ट्रिय चार्टर्ड उडानमा मात्र सीमित भएको भन्दै उनीहरुले प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका थिए ।

सो क्रममा उनीहरुले अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक सबै पूर्वाधार पूरा भएर पनि उडान हुन नसक्नुको कारण खोजी गर्नुपर्ने माग गरेका थिए । भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सुरु भइसकेकाले अब पोखराबाट पनि नियमित रुपमा अन्तर्राष्ट्रिय उडान सुरु गर्नुपर्ने उनीहरुको माग छ ।
अघिल्लो वर्ष भदौमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीन भ्रमणमा जानुअघि पनि गण्डकी प्रदेशका मन्त्री नेतृत्वको टोलीले सोही माग राखेको थियो । तर त्यो माग पूरा हुन सकेन ।

ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्री ओलीले पोखरा विमानस्थल सञ्चालनबारे आफू चिन्तित रहेको र यसबारे कूटनीतिक पहल गर्ने बताएका थिए । उनले आसन्न चीन भ्रमणमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबारे एजेण्डा बनाउने आश्वासन दिएको गण्डकीका पर्यटनमन्त्री बस्यालले बताए ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button