आजदेखि ३० असोजसम्म रात्रिकालीन उडान

चितवन । सरकारले हवाई उडान चापलाई मध्यनजर गर्दै रात्रिकालीन उडान सञ्चालन गर्ने भएको छ । दसैँको पहिलो दिन आज (घटस्थापना) देखि पूर्णिमासम्म रात्रिकालीन उडान सञ्चालन गरिने भएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले घटस्थापनादेखि पूर्णिमासम्म रात्रिकालीन उडान व्यवस्था मिलाएको बताए । उनले चाडपर्वमा यात्रुलाई हवाई टिकटमा सहजता र भाडामा न्यूनतम ल्याउनेगरी रात्रिकालीन उडानको व्यवस्था मिलाएको बताए ।
‘बाढीपहिरो तथा चाडपर्वका कारण सिर्जित बढ्दो हवाई चापलाई सम्बोधन गर्न घटस्थापनादेखि असोज ३० गते पूर्णिमाको दिनसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध विमानस्थल र पोखरालगायत विमानस्थलमा रात्रिकालीन उडानको व्यवस्था मिलाइएको छ,’ उनले भने । मन्त्री पाण्डेले रात्रिकालीन उडान हुने सम्पूर्ण विमानस्थलमा बिहान साढे ४ बजेदेखि राति अपरेसनको समयसम्म आवश्यकता अनुसार उडान हुने बताए ।
एकैदिन ३५ हजार बढीले गरे हवाई यात्रा
बाढीपहिराले सडक अवरुद्ध भएपछि हवाई उडानमा चाप बढ्दा पछिल्ला दिनमा यात्रुको भिड थामिनसक्नु छ । गन्तव्य जाने प्रतिक्षामा हजारौँ यात्रुको भिडले विशेषगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा निकै भिडभाड देख्न सकिन्छ । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार १४ असोजमा एकैदिन आन्तरिक र अन्तर्राष्ट्रिय उडान गरी पाँच सय ५९ उडान भएका थिए । ती उडानमार्फत सोही दिन ३५ हजार सात सय चार जनाले हवाई यात्रा गरेका छन् । १५ असोजमा दुवैतर्फ गरी पाँच सय ११ उडान भएका छन् । उडान संख्या बढेपछि विमानस्थलमा एयर ट्राफिक जाम भइरहेको छ ।
समयमा आन्तरिक उडान नहुँदा अन्तर्राष्ट्रिय उडानतर्फका विमान पनि लामो समयसम्म ‘होल्ड’मा बस्नुपर्ने बाध्यता छ । उडान संख्या बढेपछि आन्तरिक विमानस्थमा अबेर रातिसम्म उडान भइरहेका छन् । फ्लाइट राडरका अनुसार मंगलबार र बुधबार करिब एक घण्टा विमान होल्ड भएका थिए । यसकारण आन्तरिकतर्फका एयरलाइन्सले पटक-पटक उडान समय परिवर्तन गर्नुपरेको छ ।सरकारले हवाई उडान चापलाई मध्यनजर गर्दै रात्रिकालीन उडान सञ्चालन गर्ने भएको छ । दसैँको पहिलो दिन आज (घटस्थापना) देखि पूर्णिमासम्म रात्रिकालीन उडान सञ्चालन गरिने भएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले घटस्थापनादेखि पूर्णिमासम्म रात्रिकालीन उडानको व्यवस्था मिलाएको बताए । उनले चाडपर्वमा यात्रुलाई हवाई टिकटमा सहजता र भाडामा न्यूनतम ल्याउनेगरी रात्रिकालीन उडानको व्यवस्था मिलाएको बताए । ‘बाढीपहिरो तथा चाडपर्वका कारण सिर्जित बढ्दो हवाई चापलाई सम्बोधन गर्न घटस्थापनादेखि असोज ३० गते पूर्णिमाको दिनसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध विमानस्थल र पोखरालगायत विमानस्थलमा रात्रिकालीन उडानको व्यवस्था मिलाइएको छ,’ उनले भने । मन्त्री पाण्डेले रात्रिकालीन उडान हुने सम्पूर्ण विमानस्थलमा बिहान साढे ४ बजेदेखि राति अपरेसनको समयसम्म आवश्यकता अनुसार उडान हुने बताए ।
एकैदिन ३५ हजार बढीले गरे हवाई यात्रा
बाढीपहिराले सडक अवरुद्ध भएपछि हवाई उडानमा चाप बढ्दा पछिल्ला दिनमा यात्रुको भिड थामिनसक्नु छ । गन्तव्य जाने प्रतिक्षामा हजारौँ यात्रुको भिडले विशेषगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा निकै भिडभाड देख्न सकिन्छ । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार १४ असोजमा एकैदिन आन्तरिक र अन्तर्राष्ट्रिय उडान गरी पाँच सय ५९ उडान भएका थिए । ती उडानमार्फत सोही दिन ३५ हजार सात सय चार जनाले हवाई यात्रा गरेका छन् । १५ असोजमा दुवैतर्फ गरी पाँच सय ११ उडान भएका छन् । उडान संख्या बढेपछि विमानस्थलमा एयर ट्राफिक जाम भइरहेको छ ।
समयमा आन्तरिक उडान नहुँदा अन्तर्राष्ट्रिय उडानतर्फका विमान पनि लामो समयसम्म ‘होल्ड’मा बस्नुपर्ने बाध्यता छ । उडान संख्या बढेपछि आन्तरिक विमानस्थमा अबेर रातिसम्म उडान भइरहेका छन् । फ्लाइट राडरका अनुसार मंगलबार र बुधबार करिब एक घण्टा विमान होल्ड भएका थिए । यसकारण आन्तरिकतर्फका एयरलाइन्सले पटक-पटक उडान समय परिवर्तन गर्नुपरेको छ ।