१२ श्रावण २०८१, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
सुपर बागमती जलविद्युत आयोजनामा सवा ९ अर्बको भयो लगानी सम्झौता – Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशमुख्य समाचारवाग्मती प्रदेशसफलताको कथास्थानीय तह

सुपर बागमती जलविद्युत आयोजनामा सवा ९ अर्बको भयो लगानी सम्झौता

काठमाडौं । ललितपुर र मकवानपुर सीमाको बागमती नदीमा निर्माण हुने ‘सुपर बागमती जलविद्युत आयोजना’ का लागि लगानी सम्झौता भएको छ ।

बागमती हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको यो आयोजना ४१.३१४ मेगावाट क्षमतायुक्त हो ।

Nepal Himalayas Tours and Travel

निर्माण कम्पनी र लक्ष्मी सनराइज बैंकको अगुवाइमा सहवित्तीयकरणमा सहभागी बैंकहरूबीच बुधबार लगानी सम्झौता सम्पन्न भएको हो ।

यो आयोजनाको कुल लागत ९ अर्ब २८ करोड रुपैयाँ बराबर हुने कम्पनीले जनाएको छ । यो सहकार्यले नेपालको नवीकरणीय ऊर्जा परिदृश्यमा महत्वपूर्ण भूमिका खेल्ने लगानीकर्ताहरूको भनाइ छ ।

सुपर बागमती हाइड्रोपावरले २०७८ माघ १२ मा जलविद्युत विकास विभागबाट आयोजना निर्माणका लागि विद्युत उत्पादनको अनुमतिपत्र लिएर २०८० आसार २५ गते नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिदबिक्री सम्झौता समेत गरिसकेको छ ।

कम्पनीको प्रवर्द्धकमा एसियन लाइफ इन्स्योरेन्स कम्पनी र एएनके कन्स्ट्रकसन रहेका छन् ।

उक्त परियोजना निमार्णका लागि बैंकको नेतृत्वमा सहवित्तीयकरणमा सहभागी बैंकहरूले परियोजना लागतको ७४.३३ प्रतिशत लगानी गर्ने प्रतिबद्धता जनाएका छन् भने बाँकी २५.६७ प्रतिशत रकम प्रवर्द्धक संस्थापकहरूको लगानी रहने छ ।

उक्त परियोजनामा बैंकको कर्जा प्रतिबद्धता ३ अर्ब ४ करोड रुपैयाँ रहेको छ भने सहवित्तीयकरणमा सहभागी अन्य बैंकमध्ये सह-अगुवा एभरेष्ट बैंकको २ अर्ब ५ करोड तथा सिटिजन्स बैंक इन्टरनेसनलको १ अर्ब रुपैयाँ लगानी रहेको छ ।

उक्त आयोजना निमार्ण सम्पन्न भई विद्युत उत्पादन भएपश्चात वार्षिक करिब २४३.८ गिगावाट आवर विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान हुनेछ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button