१२ श्रावण २०८१, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
बालकुमारी घटना : मृतकका परिवार र सरकारबीच ४ बुँदे सहमति – Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रमुख्य समाचारराजनीतिसुरक्षा/अपराधस्थानीय तहस्वास्थ्य

बालकुमारी घटना : मृतकका परिवार र सरकारबीच ४ बुँदे सहमति

परिवारका १/१ जना सदस्यलाई राेजगारी दिनेदेखि शहीद घाेषणा गर्न पहल गर्नेसम्म

काठमाण्डाै । बालकुमारी घटनाका मृतकका परिवार र सरकार पक्षबीच चार बुँदे सहमति भएको छ । यसअघि मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई १०/१० लाख रुपैयाँ दिने निर्णय गरिसकेकोमा आज साेमवार मृतक परिवारका एक/एक जना सदस्यलाई रोजगारी दिनेलगायत सहमति भएको हो ।

उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा गृह मन्त्रालय र पीडित पक्षबीच भएको सहमतिमा सरकारले थप राहत उपलब्ध गराउन पहल गर्ने, दुवै मृतकलाई शहीद घोषणाका लागि पहल गर्ने र दुवै जनाको शव परिवारले बुझ्ने उल्लेख छ । शव सम्बन्धित जिल्लामा पुर्‍याउने व्यवस्था पनि गृह मन्त्रालयले नै गर्ने भएको छ ।

गएको शुक्रवार ललितपुरको बालकुमारीमा रहेकाे ईपीएस कोरिया शाखामा परीक्षा फारम भर्ने विषयमा प्रहरी र आवेदन दिन पुगेकाहरूबीच झडप हुँदा दुई जनाको ज्यान गएको थियो । घटनामा दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको ज्यान गएको थियाे ।

बालकुमारी घटना
बालकुमारी घटना

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button