१२ श्रावण २०८१, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
चितवनमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु – Nepal Rastra Khabar
Banner NewsBanner news (with photo)गण्डकी प्रदेशताजा समाचारदेशबिचित्रसुरक्षा/अपराधस्थानीय तह

चितवनमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

१५ चैत, भरतपुर । चितवनको भरतपुर महानगरपालिका–२८ साझापुरमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५५ वर्षीय जलवा महतो रहेका छन् ।

गए राति ना २२ प ६८०० नंको मोटरसाइकलले पैदल हिँडिरहेका महतोलाई ठक्कर दिएको हो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते महतोको भरतपुर अस्पतालमा उपचारका क्रममा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।

मोटरसाइकलचालक भरतपुर–२७ का ३४ वर्षीय शिवनारायण महतो पनि घाइते भएका छन् । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button