१२ श्रावण २०८१, शनिबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
रियाल मड्रिडले जित्यो पाँचौ पटक क्लब विश्वकपको उपाधि – Nepal Rastra Khabar
Banner news (with photo)खेलकुदताजा समाचारमुख्य समाचार

रियाल मड्रिडले जित्यो पाँचौ पटक क्लब विश्वकपको उपाधि

मोरोक्को । स्पेनिस च्याम्पियन रियाल मड्रिडले एक सयौँ उपाधि उचालेको छ। रियालले साउदी अरेबियन क्लब अल हिलाललाई ५ – ३ गोलले हराउँदै क्लब विश्वकपको पाचौँ पटक च्याम्पियन बन्दै कीर्तिमानी कायम गरेको हो ।

मोरोक्कोको राबातमा भएको खेलमा रियालका लागि भिनिसियस जुनियर र फेडेरिको भाल्भार्डेले २ – २ गोल गरे । १३ औँ मिनेटमा भिनिसियसले गोल गर्दै टिमको खाता खोले । त्यसको पाँच मिनेटमा रियालले भालभार्डेको गोलमार्फत अग्रता दोब्बर बनायो । २६ औँ मिनेटमा मौसा मारेगाले एक गोल फर्काए । दोस्रो हाफमा रियाललले आफ्नो आक्रामक शैली कायमै राख्यो ।

५४ औँ मिनेटमा भेट्रान करिम बेन्जेमाले गोल गरे। त्यसको तीन मिनेटपछि रियालका लागि भालभार्डेले व्यक्तिगत दोस्रो गोल गरे । ६३ औँ मिनेटमा लुसियानो भिएटोले गोल गरेर अन्तर घटाएका थिए ।

६९ औँ मिनेटमा जुनियरले गोल गरेर टिमलाई ५ – २ गोलले अघि राखे । भियटोले अर्को गोल गरेपनि एसियाली च्याम्पियन अल हिलाललाई खेलमा फर्कन पर्याप्त भएन ।

कार्लो एन्सेलोटीको टोली सन् २०१४ देखि २०१८ सम्म चार पटक च्याम्पियन भएको थियो ।

पछिल्ला १० संस्करण युरोपियन क्लबले मात्रै जितेका छन् । उपाधि नजिक पुगेको अल हिलाल क्लब विश्वकप जित्ने पहिलो एसियाली टिम बन्न चुकेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button