२० जेष्ठ २०८२, सोमबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
आन्दोलन चर्काउँछौं, प्रधानमन्त्रीलाई भाग्न हेलिकप्टर दिन्छौं : राजेन्द्र लिङ्देन
Banner NewsBanner news (with photo)काठमाडौँ विशेषताजा समाचारदेशबिचारमुख्य समाचारराजनीतिविचार दृष्टिकोणसफलताको कथासुरक्षा/अपराध

आन्दोलन चर्काउँछौं, प्रधानमन्त्रीलाई भाग्न हेलिकप्टर दिन्छौं : राजेन्द्र लिङ्देन

चितवन। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले जेठ १५ गतेदेखि सुरु हुने आन्दोलन हिंसात्मक नहुने बताएका छन् ।

राजसंस्थावादी आन्दोलनको मूल भूमिकामा राप्रपा देखिएसँगै जेठ १५ गतेदेखि सुरु हुने सडक आन्दोलनलाई लिएर दैनिकजसो कार्यक्रम र गतिविधिहरु बढिरहेको छ।

मंगलबार काठमाडौंमा आयोजित आन्दोलन तयारी सभामा बोल्दै लिङ्देनले जेठ १५ गतेदेखि सुरु हुने आन्दोलनलाई पूर्ण नियन्त्रणमा राखिने र कुनै प्रकारको हिंसात्मक प्रदर्शन नहुने बताएका हुन् ।

Nepal Himalayas Tours and Travel

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन दैनिकजसो कार्यक्रम र बैठकहरुमा देखिन्छन्। राजसंस्था सहितको प्रजातन्त्र, सनातन वैदिक हिन्दूराष्ट्र र संघीयताको खारेजीको लक्ष्य लिएर सुरु भएको संयुक्त जनआन्दोलन समितिका बैठकहरुमा पनि लिङ्देन निर्णायक नेतृत्व लिएर बसेका छन्।

सरकारलाई पनि कुनै पनि प्रकारको दमन गर्ने वा हिंसा भड्काउने मौका नदिने उनले बताए । उनले मानवअधिकार आयोगका साथै अन्य अन्तराष्ट्रिय संघसंस्थाहरुलाई जेठ १५ गते हुने प्रदर्शनको अनुगमन गर्न आग्रह गरिने जानकारी दिए ।

अध्यक्ष लिङ्देनले भद्र अवज्ञा वा सत्याग्रहबाटै आफ्ना मान्यताहरु स्थापित गरिने भन्दै यसपटकको आफुहरुको आन्दोलनलाई टुङ्गोमा पुराएरै छाड्ने दावी गरे ।

त्यस्तै केहि दिनअघि प्रधानमन्त्री केपी ओलीले संसदमा संम्बोधनका क्रममा हामी त बुढो भयौं, तपाईं चाहिँ भाग्न मिल्छ ? भन्ने अभिव्यक्तिको जवाफ दिदै लिङ्देनले सम्झौता गर्न तयार नभए भाग्न नसक्नेहरुलाई हेलिकप्टर सुविधा दिने टिप्पणी गरे ।

central college 2048x300

भाषा र इतिहासका पक्षमा कृयाशिल स्वतन्त्र अभियन्ताका साथै विद्यार्थी, पेशाकर्मी, सामाजिक कार्यकर्ताहरुले जेठ १५ देखि सुरु हुने अनिश्चितकालिन आन्दोलनका सम्बन्धमा नेवाः क्षेत्रमा क्रियाशिल अभियन्ता र राजनीतिकर्मीले उपत्यकाको गौरव, नेवाः सभ्यताको पुनर्जागरणका लागि राजसंस्थासहितको प्रजातन्त्रको पुर्नस्थापना गर्न आआफ्नो क्षेत्रबाट क्रियाशिल हुने प्रतिवद्धता व्यक्त गरे।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Back to top button