१६ जेष्ठ २०८२, बिहीबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
बिजुली सर्ट भई ग्यास सिलिन्डर पड्किँदा जल्यो लिखुपिके गाउँपालिका कार्यालय
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रमौसम समाचारस्थानीय तह

बिजुली सर्ट भई ग्यास सिलिन्डर पड्किँदा जल्यो लिखुपिके गाउँपालिका कार्यालय

चितवन। सोलुखुम्बुको लिखुपिके गाउँपालिका कार्यालयमा आगलागी भएको छ ।

विद्युत सर्ट भएर आगो सल्किएको र आगोकै कारण खाना पकाउने ग्यास सिलिन्डर विस्फोट भएको गाउँपालिकाकी कार्यालय मीना कार्कीले जानकारी दिइन्।

Nepal Himalayas Tours and Travel

‘हावाहुरीले धेरै दिनदेखि बिजुली थिएन। आज एक्कासी बत्ति आयो सर्ट भएर आगो लागेछ। आगोले त्यहाँ भएको सिलिन्डर पनि पड्कियो,’ उनले भनिन्, ‘यो गाउँपालिकाको भाडाको कार्यालय हो। सबै ध्वस्त भएको छ।’

गाउँपालिकाले भाडामा लिएर प्रधानमन्त्री रोजगार कार्यालय र पूर्वाधार विकास कार्यालयको काम गर्दै आएको उक्त घरमा दिउँसो करिब १ बजेतिर आगलागी भएको हो ।

गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतले घरको माथिल्लो तल्लामा पालिकाले भाडामा लिएर रोजगार शाखा, नापी कार्यालयलगायतका सेवा दिँदै आइरहेको बताइन् ।

central college 2048x300

उनले विद्युत सर्ट भएर सल्किएको आगोकै कारण खाना पकाउने ग्यास सिलिन्डर विस्फोट घर नै उडेको बताइन् ।

‘यो भाडाको घर भएकोले यहाँ हाम्रो पालिकाको दुईवटा कार्यालय थिए,’ उनले भनिन्, ‘यहीँ नजिकै विद्यालय पनि छ। सोही विद्यालयका शिक्षक पनि बस्नुहुन्थ्यो एउटा कोठामा। उहाँको कोठाको सिलिन्डर पड्कियो। घर नै उँड्यो।’

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Back to top button