अर्थमन्त्री डिस्चार्ज, मेयरलाई केहि दिन अस्पतालमै राखिने

चितवन। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल आज अस्पतालबाट डिस्चार्ज भएका छन् ।
पोखरा भ्रमण वर्ष उद्घाटनका क्रममा बेलुन पड्किएर घाइते भएका उनी दुई दिनदेखि कीर्तिपुरको बर्न अस्पतालमा उपचाररत थिए ।
अर्थमन्त्री पौडेलले एआई जडित पानसमा बत्ति बालेर पोखरा भ्रमण वर्ष २०२० लेखेको ब्यानर सार्वजनिक गर्ने तयारी गर्ने क्रममा दुर्घटना भएको हो । ब्यानर दुबै साइट बेलुन झुण्डाइएको थियो । सोही क्रममा बेलुनमा आगो लाग्दा झिल्का उनीहरुलाई परेको थियो ।
जलनको घाउ निको हुँदै गएको र फोक्सोमा कुनै खराब असर परेको नदेखिएकाले उनलाई आज ‘डिस्चार्ज’ गर्ने निर्णय भएको अस्पतालले जानकारी दिएको छ ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई भने थप केही दिन अस्पतालमा राखिने भएको छ । ‘मेयर धनराज आचार्यको पहिलेदेखि नै उच्च रक्तचापको समस्या भएको कारण हृदयरोग विशेषज्ञसँग परामर्श भईरहेकाले केही दिन थप उपचार हुने जानकारी गराइन्छ,’ अस्पतालले विज्ञप्तिमा भनेको छ ।