३ माघ २०८१, बिहीबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
धनुषामा एक महिलाको विभत्स हत्या, टाउको र शरीर छुट्टाछुट्टै ठाउँमा भेटियो
Banner NewsBanner news (with photo)ताजा समाचारदेशबिचित्रमुख्य समाचारसुरक्षा/अपराधस्थानीय तह

धनुषामा एक महिलाको विभत्स हत्या, टाउको र शरीर छुट्टाछुट्टै ठाउँमा भेटियो

जनकपुरधाम । धनुषामा एक महिलाको विभत्स हत्या भएको छ ।

विदेह नगरपालिका–५ मुरिबा टोलकी ४० वर्षीया रामपरी देव ठाकुर वडहीको हत्या भएको हो ।
धारिलो हतियारले घाँटी छिनाएर उनको हत्या भएको धनुषा प्रहरीले जनाएको छ ।

Nepal Himalayas Tours and Travel

रामपरीको टाउको र शरीर छुट्टाछुट्टै ठाउँमा भेटिएको छ । टाउको छिनाएको उनको शव नग्न अवस्थामा घरभन्दा करिब डेढ किलोमिटर टाढा शिवनारायण मण्डलको खेतमा भेटिएको छ । टाउको भने कमला नदीको नहरमा भेटिएको छ ।

हत्या भएकी रामपरीका श्रीमान् लामो समयदेखि वैदेशिक रोजागारमा छन् ।

मृतकका कान्छो छोराका अनुसार मंगलबार अपराह्न रामपरी घाँस काट्न भन्दै घरबाट निस्किएकी थिइन् । अबेर साँझसम्म घर नफर्किएपछि खोजतलास सुरु गरिएको थियो । तर त्यसको भोलिपल्ट रामपरीको विभत्स हत्या भएको अवस्थामा शव फेला परेको धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Back to top button