१९ मंसिर २०८१, बुधबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
राष्ट्रिय फुटबल टिमबाट रोहन र निराजनको डेब्यू
Banner NewsBanner news (with photo)खेलकुदताजा समाचारदेशमुख्य समाचारसूचना / प्रबिधि

राष्ट्रिय फुटबल टिमबाट रोहन र निराजनको डेब्यू

चितवन । युवा मिडफिल्डर रोहन कार्की र निराजन धामीले नेपाली राष्ट्रिय फुटबल टिमबाट डेब्यू गरेका छन् । बुधबार बेलुका भएको ताजिकस्तानविरुद्धको मैत्रीपूर्ण खेलमार्फत रोहन र निराजनले सिनियर टिमबाट डेब्यू गरेका हुन् ।

Nepal Himalayas Tours and Travel

डुसानवेस्थित सेन्ट्रल रिपब्लिक रंगशालामा भएको खेलमा रोहनले पहिलो रोजाईमा खेल्दै डेब्यू गरे । गत फागुनमा मलेसियाविरुद्धको मैत्रीपूर्ण खेल र बहराइनविरुद्धको विश्वकप छनोट खेलका लागि टिममा परेका रोहनले डेब्यूका लागि भने पर्खनुपरेको थियो ।

झापा कन्काइका रोहनले आरसी ३२ एफसीबाट सी डिभिजन लिगको कप्तानी गर्दै बी डिभजनमा बढुवा गराउन भूमिका खेलेका थिए । नेपाल सुपर लिग (एनएसएल) मा धनगढी एफसीबाट खेलेका उनले उदयीमान खेलाडीको अवार्ड जितेका थिए ।

यस्तै यू२० राष्ट्रिय टिमका फरवार्ड निराजनले भने वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गर्दै राष्ट्रिय फुटबल टिमबाट डेब्यू गरेका हुन् । उनी ७४औं मिनेटमा जिलेस्पी जंग कार्कीको स्थानमा मैदान प्रवेश गरेका थिए ।

निराजन पहिलो पटक राष्ट्रिय टिममा पर्दै ताजिकस्तान भ्रमण गएका थिए र पहिलो खेलमै डेब्यू गर्ने अवसर पाएका छन् । यसअघि पनि राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा समावेश भएका उनी अन्तिम टिममा भने अटाएका थिएनन् ।

मनाङ मर्स्याङ्दीबाट ए डिभिजन लिग खेलेका निराजनले नेपाल सुपर लिग (एनएसएल) मा बुटवल लुम्बिनी फुटबल क्लबबाट खेलेका थिए । ताजिकिस्तानसँगको खेलमा नेपाल ४-० गोलअन्तरले पराजित भएको थियो ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button