१९ मंसिर २०८१, बुधबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
निर्मला पन्त हत्या प्रकरणको प्रत्यक्षदर्शी भन्दै अन्तर्वार्ता दिने व्यक्ति छुटे
Banner NewsBanner news (with photo)ताजा समाचारदेशमुख्य समाचारविचार दृष्टिकोणसुरक्षा/अपराधसूचना / प्रबिधि

निर्मला पन्त हत्या प्रकरणको प्रत्यक्षदर्शी भन्दै अन्तर्वार्ता दिने व्यक्ति छुटे

चितवन । निर्मला पन्त प्रकरणमा भ्रामक सूचना फैलाउने गरी अन्तर्वार्ता दिएको आरोपमा प्रहरीले पक्राउ गरेका व्यक्ति नवराज अर्याल छुटेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले त्यसरी अन्तर्वार्ता दिने गोरखाका अर्याललाई बुधबार दिनभर केरकार गरेर बेलुकी छाडेको हो ।

Nepal Himalayas Tours and Travel

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एक अधिकृतले नवराज अर्याललाई बोलाएका बेला आउने गरी हाजिर जमानतमा छाडिएको बताए ।

भ्रम फैलाएको भन्दै सीआईबीले अर्याललाई हिरासतमै राखेर अनुसन्धान गर्ने तयारी गरेको थियो । अन्तिममा उनले कसैको उक्साहटमा त्यस्तो बयान दिएको नपाइएको र आफूतिर अरुको ध्यान मात्र तान्न खोजेको निष्कर्षसहित मुद्दा नचलाउने निर्णय लिइएको स्रोतको भनाइ छ ।

अन्तर्वार्ता लिने पत्रकार ऋषि धमलासँग पनि प्रहरीले सोधपुछ गरेको थियो र त्यसक्रममा अन्तर्वार्ता हटाउने सहमति भएको प्रहरीले बताएको छ ।

नवराज अर्यालले आफूलाई खानेपानी विभागको सवारी चालकका रुपमा चिनाएका थिए । त्यसक्रममा कञ्चनपुर पुगेको बेला निर्मलाको बलात्कार हुँदै गरेको देखेको विवरण उनले अन्तर्वार्तामा सुनाएका थिए । अन्तर्वार्ता दिने टेलिभिजन कार्यक्रम प्रस्तोता धमलालाई पनि सीआईबीले कार्यालयमा बोलाएको छ ।

आफूले निर्मलाको बलात्कार हुँदै गरेको देखेको बयान दिएपछि प्रहरीले अर्याललाई बोलाएको थियो । सीआईबीका अनुसार, त्यसक्रममा अर्यालको बयानहरु वास्तविकतासँग मेल खाएको देखिएन ।

प्रहरीले उनकी श्रीमतीलाई समेत बोलाएर अर्यालको पृष्ठभूमिबारे सोधपुछ गरेको थियो । त्यसक्रममा जागिरबाट निकालिएपछि उनी विक्षिप्त भएको खुलेको प्रहरीको भनाइ छ ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button