१९ मंसिर २०८१, बुधबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
एनपीएलको प्रसारण स्टार स्पोर्ट्समा गराउन क्यानले थाल्यो पहल
Banner NewsBanner news (with photo)खेलकुदताजा समाचारदेशप्राविधिक समाचारबिचित्रमुख्य समाचारविचार दृष्टिकोणसूचना / प्रबिधि

एनपीएलको प्रसारण स्टार स्पोर्ट्समा गराउन क्यानले थाल्यो पहल

चितवन । नेपालमा पहिलोपटक हुन लागेको फ्रेन्चायज क्रिकेट लिग नेपाल प्रिमियर लिग (एनपीएल)को प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्समार्फत गराउने तयारी भइरहेको छ ।

Nepal Himalayas Tours and Travel

एनपीएलको कमर्सियल पार्टनर ब्रान्ड लोजिकले प्रतियोगिताको ब्रोडकास्टिङ राइट्सका लागि स्टार स्पोर्ट्ससँग छलफल गरिरहेको र अन्तिम चरणको कुराकानी भइरहेको क्यान स्रोतले जनाएको छ ।

ब्राण्ड लजिकका प्रमुख कार्यकारी अधिकारी रोशन निरौलाले पनि नेपाल प्रिमियर लिगको प्रसारण अधिकारका लागि स्टार स्पोर्ट्स नेटवर्कसँगको छलफल सकारात्मक रूपमा अघि बढिरहेको र छिट्टै सकारात्मक नतिजा आउने विश्वास व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘स्टारको स्पोर्ट्ससँगको छलफल अहिले अन्तिम चरणमा पुगेको छ र हामी छिट्टै सकारात्मक नतिजा सार्वजनिक गर्छौं ।’

स्टारस्पोर्ट्स विश्वको चर्चित खेलकुद च्यानल हो जसमा विश्वकप क्रिकेटदेखि आइपीएलसम्म प्रसारण हुँदै आएको छ ।

ब्रान्ड लजिक एनपीएलका लागि क्यानको व्यापारिक र रणनीतिक साझेदार हो ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button