Banner NewsBanner news (with photo)ताजा समाचारदेशमुख्य समाचारसुरक्षा/अपराधसूचना / प्रबिधि
जुवा खेलेको आरोपमा काठमाडौं र ललितपुरबाट १२ जना पक्राउ

चितवन । काठमाडौं र ललितपुरबाट जुवा खेलेको आरोपमा १२ जना पक्राउ परेका छन् ।
कीर्तिपुर नगरपालिका-८ पांगा शालिक बस्ने रामकृष्ण महर्जनको घरमा जुवा खेलिरहेको अवस्थामा राम कृष्ण समेत ५ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९९ हजार ९ सय रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
त्यसैगरी ललितपुर महानगरपालिका-२६ सुनाकोठी मलिफाँट बस्ने ५० वर्षीया अमृता राईको घरमा जुवातास खेलिरहेको अवस्थामा अमृता समेत ७ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद एक लाख ३० हजार ९ सय २० रूपैयाँ र ९ बुक तास सहित पक्राउ गरेको हो ।