२९ कार्तिक २०८१, बिहीबार | Email:- info@nepalrastrakhabar.com | marketing@nepalrastrakhabar.com
प्रधानमन्त्री ओलीद्वारा एनआरएनएमा राजनीति र ‘टग अफ वार’ नगर्न सुझाव
Banner NewsBanner news (with photo)ताजा समाचारदेशमुख्य समाचारराजनीतिविचार दृष्टिकोणसूचना / प्रबिधि

प्रधानमन्त्री ओलीद्वारा एनआरएनएमा राजनीति र ‘टग अफ वार’ नगर्न सुझाव

चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्र राजनीति नगर्न र नेपालीहरुबीच आपसमा एकता कायम राख्न समेत आग्रह गरेका छन् । उनले राजनीतिक दलका आ-आफ्नै संगठनहरु भए पनि संस्थाभित्र राजनीति नगर्न सुझाव दिएका हुन् ।

Nepal Himalayas Tours and Travel

एनआरएनए दिवसका अवसरमा आयोजित उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘पोलिटिकल पार्टीका आफ्नै संगठनहरु होलान्, त्यसले आफ्नो काम आफैँ गर्ला, यस संगठन भित्र पोलिटिकल ‘टग अफ वार’ नगरौँ ।’

प्रधानमन्त्री ओलीले सरकारको तर्फबाट संघलाई कुनै हस्तक्षेप नहुने भएकाले स्वतन्त्र रुपमा काम गर्न आग्रह गरे । ‘म देशको प्रधानमन्त्री हो । एमालेको मात्रै प्रधानमन्त्री होइन । राष्ट्रपति पनि त्यही हो, राष्ट्रपति दल विशेषको हुँदैन, राष्ट्रको प्रमुख हुन्छ । सभामुख, प्रधानन्यायाधीश सबै पद साझा पद हुन् । हामीले त्यस हैसियतले काम गर्ने हो’, उनले भने ।

एनआरएनएलाई राजनीतिक हस्तक्षेप र प्रयोगबाट बाहिरै राख्नुपर्ने आफूले लामो समयदेखि बताउँदै आएकोसमेत प्रधानमन्त्रीले ओलीले बताए । प्रधानमन्त्री ओलीले गैरआवासीय नेपालीको माग सम्बोधन गर्न संविधानमै गैरआवासीय नागरिकता उल्लेख गरेको बताए । अहिले गैरआवासीय नेपालीले नागरिकताको काम नभएको गुनासो गरेकाले त्यसलाई पनि सम्बोधन गर्ने उनले बताए ।

शनिबार माओवादी केन्द्रले काठमाडौँमा गरेको खबरदारीसभामा एक कार्यकर्ताले दिएको अभिव्यक्तिको पनि प्रधानमन्त्री ओलीले जवाफ दिएका छन् ।

‘हिजो एकजना उफ्रीउफ्री भाषण गर्दै हतियार बिसाएको मात्रै हो, भ्रम नरहोस्, चलाउन बिर्सिएको छैन भन्दै थिए । त्यस्तै त्यस्तै त हामी हुनु भएन नि ! धम्क्याएका भरमा खाने !’ उनले भने, ‘हतियार त हामी चलाउँदैनौं । कसरी बिसाउन लगाउनुपर्छ हामीले जानेका छौं ।’

‘यसको समस्याको समाधान कसरी गर्ने हो म भन्न चाहन्छु तपाईंहरुलाई तपाईँहरूले नै सुझाव गर्नुस्, योयो गरिदिनुस् भनेर, हामी गर्छौँ’, उनले भने, ‘हामीलाई यसबाट न सावाँ बढाउनु छ न ब्याज कमाउनु छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका लागि पूर्वाधार तयार भइसकेकाले एकजुट भएर काम गरेमा नेपालको विकास सम्भव हुने बताए ।

Nepal Rastra Khabar

Nepal Rastra Khabar (Digital News for Society) is a bonafide online news portal of Nepal featuring local as well as global news on finance, culture, politics, business trends, sports, and much more.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button